जेठ १७, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

फरार रहेका खत्री बिहीवार जिल्ला अदालत मोरङमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

यस अघि सुनकाण्ड तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेति 'गोरे' ले बयानमा श्याम खत्रीलाई सुन प्रकरणका विषमा धेरै कुरा थाहा भएको बताएका थिए | खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको समेत गोरेले बयानमा दिएका थिए ।