नन्द बहादुर रोकाया | मङ्सिर २०, मुगु | मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ३ की सर्मिला शाही अहिले उमेरले १९ बर्षकि हुनुभयो । उनि १३ बर्षको उमेरमा छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उहाँलाई मर्नु र बाच्नुको बिकल्प भएको थियो । कारण एउटै थियो छुई भएमा अध्यारो गोठमा बसाल्छन, खाना राम्रो र समयमै दिदैनन् ।

सर्मिलाले आफु छुई भएको कुरा शुरुमा आमालार्ई सुनाईन् । आमाले केहि राम्रो गर्छन् कि भनेर झनै आमाले छुई भएको कुरा सुनाउन नपाउदै देविदेवता रिसाउने जस्ता डर देखाएको सर्मिलाले बताईन । उनि भन्छिन – आमाले उल्टै सात दिनसम्म गोठबाट आउन दिइनन्, छुई हुनु एउटा प्राकृतिक प्रकृया अथवा नियम हो मलार्ई थाहा छ । छुई भएमा सरसफाई गर्नुपर्छ, पोषिला खाने कुरा खानु पर्छ, तर हाम्रो समाज पुरातानवादी सोचमा सृजित भएकाले महिलाले दुख पाईरहेका शाहीको ठम्याई छ ।

उनको अनुसार समाजले छुई हुनुलाई अपराध सरह लिने गरेको छ । त्यसैले महिला छुई भएका बेला बाध्य भएर गोठमा बस्ने अलग बस्ने गरेका छन् ।

यता सोरुगाउँपालीका वडा नं ८ कच्चे गाउँकी गोरी रावल यहिले २१ बर्षकि भईन । उनि भन्छिन् 'छुई भएका बेला महिलालाई गरिने ब्यवहार परिर्वतन नभएसम्म छाउगोठ मुक्त वडा घोषण गरेको औचित्य छैन ।' सौरुगाउँपालीका वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरिएको छ । यो सकरात्मक पक्ष हो । तर हामी र हाम्रो यस्तो छैनन् । आज वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरेका भएपनि भोलीका दिनमा यस कार्यक्रमले निरन्तराता नपाउने देखिन्छ । मुगु जिल्लाको सन्दर्भमा धेरै वडा छाउँगोठ मुक्त वडा घोषणा भएका छन । तर ति वडाको अबस्था पुरानै छ । केहिले परिवर्तन गेरेका भएपनी धामिझाक्री भएका घरमा त महिलालाई गोठमा बसाल्ने गरेका पाईन्छन् ।

मुगु जिल्लामा युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सनवर्क नेपालको साझेदारीमा जिल्लाका स्थानीय निकायको अगुवाइमा धमाधम छाउगोठ मुक्त अभियान चलिरहेको छ । गएको आईतबार सोरु गाउँपालिकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ८ नम्बर वडा लाई छाउँगोठ मुक्त घोषणा गरियो । मुगुमा छाउपडी न्युनिकरणमा बिगत लामो समय देखि काम गर्दै आएको एक्सनवर्क नेपाल मुगु र सोरुगाउँपालीकामो अगुवाईमा छाउगोठ मुक्त वडा घोषणा गरिएको सोरु गाउँपालीकाले जनाएको छ । यस अघि एक्सनवर्क नेपालकै साझेदारीमा स्थानीय सरकारको सक्रियतामा छायाँनाथ रारा नगरपालिकाको ८,९,१०, त्यस्तै खत्याड गाउँपालीका १ देखि ७ सम्मका वडा लाई छाउँगोठ मुक्त घोषण गरिएको एक्सनवर्क नेपाल मुगुका संयोजक धिरिन्द्र बहादुर शाहीले बताए ।

‘बाध्यताले छाउगोठमा बस्छौ’- मुगुका महिला
By साझासवाल
6 मिनेट पढाइ