2026-10-27 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

‘बाध्यताले छाउगोठमा बस्छौ’- मुगुका महिला

नन्द बहादुर रोकाया | मङ्सिर २०, मुगु | मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ३ की सर्मिला शाही अहिले उमेरले १९ बर्षकि हुनुभयो । उनि १३ बर्षको उमेरमा छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उहाँलाई मर्नु र बाच्नुको बिकल्प भएको थियो । कारण एउटै थियो छुई भएमा अध्यारो गोठमा बसाल्छन, खाना राम्रो र समयमै दिदैनन् । 

सर्मिलाले आफु छुई भएको कुरा शुरुमा आमालार्ई सुनाईन् । आमाले केहि राम्रो गर्छन् कि भनेर झनै आमाले छुई भएको कुरा सुनाउन नपाउदै देविदेवता रिसाउने जस्ता डर देखाएको सर्मिलाले बताईन । उनि भन्छिन – आमाले उल्टै सात दिनसम्म गोठबाट आउन दिइनन्, छुई हुनु एउटा प्राकृतिक प्रकृया अथवा नियम हो मलार्ई थाहा छ । छुई भएमा सरसफाई गर्नुपर्छ, पोषिला खाने कुरा खानु पर्छ, तर हाम्रो समाज पुरातानवादी सोचमा सृजित भएकाले महिलाले दुख पाईरहेका शाहीको ठम्याई छ । 

उनको अनुसार समाजले छुई हुनुलाई अपराध सरह लिने गरेको छ । त्यसैले महिला छुई भएका बेला बाध्य भएर गोठमा बस्ने अलग बस्ने गरेका छन् । 

यता सोरुगाउँपालीका वडा नं ८ कच्चे गाउँकी गोरी रावल यहिले २१ बर्षकि भईन  । उनि भन्छिन् ‘छुई भएका बेला महिलालाई गरिने ब्यवहार परिर्वतन नभएसम्म  छाउगोठ मुक्त वडा घोषण गरेको औचित्य छैन ।’ सौरुगाउँपालीका वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरिएको छ । यो सकरात्मक पक्ष हो । तर हामी र हाम्रो यस्तो छैनन् । आज वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरेका भएपनि भोलीका दिनमा यस कार्यक्रमले निरन्तराता नपाउने देखिन्छ । मुगु जिल्लाको सन्दर्भमा धेरै वडा छाउँगोठ मुक्त वडा घोषणा भएका छन । तर ति वडाको अबस्था पुरानै छ । केहिले परिवर्तन गेरेका भएपनी धामिझाक्री भएका घरमा त महिलालाई गोठमा बसाल्ने गरेका पाईन्छन् । 

मुगु जिल्लामा युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सनवर्क नेपालको साझेदारीमा जिल्लाका स्थानीय निकायको अगुवाइमा धमाधम छाउगोठ मुक्त अभियान चलिरहेको छ ।  गएको आईतबार सोरु गाउँपालिकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ८ नम्बर वडा लाई छाउँगोठ मुक्त घोषणा गरियो । मुगुमा छाउपडी न्युनिकरणमा बिगत लामो समय देखि काम गर्दै आएको एक्सनवर्क नेपाल मुगु र सोरुगाउँपालीकामो अगुवाईमा छाउगोठ मुक्त वडा घोषणा गरिएको सोरु गाउँपालीकाले जनाएको छ  । यस अघि एक्सनवर्क नेपालकै साझेदारीमा स्थानीय सरकारको सक्रियतामा छायाँनाथ रारा नगरपालिकाको ८,९,१०, त्यस्तै खत्याड गाउँपालीका १ देखि ७ सम्मका वडा लाई छाउँगोठ मुक्त घोषण गरिएको एक्सनवर्क नेपाल मुगुका संयोजक धिरिन्द्र बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने