२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ हुने

२०७५, २७ पुष शुक्रबार ०९:४८

पुस २७, काठमाडौँ | नेपालमा पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगत्गुरु रामानन्दाचार्य सेवापीठ सुनसरी तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुरले आज पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि फागुन ७ गतेसम्म सुनसरीको चतराधाममा पहिलोपटक महायज्ञ गर्न लागेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा महायोगी सिद्धबाबा श्री श्री १००८ श्रीवैष्णव कृष्णदासजी महाराजले हरित नेपाल, स्वच्छ नेपाल, स्वस्थ्य नेपाल, स्वावलम्बी नेपाल, समृद्ध नेपाल र संस्कारी नेपाल निर्माणका गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । 

“महायज्ञले मुलुकको धर्म, संस्कार, संस्कृति, राष्ट्र, राष्ट्रियतालाई बलियो बनाउन मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो । महायज्ञमा सहभागी हुने अनुष्ठानीदेखि साधु, सन्त, महात्मा जगद्गुरुलगायतका दुई हजारभन्दा बढी अतिथिको उचित आवासको लागि रु आठ करोड लागतमा १२६ कोठे आवास निर्माण कार्य भइरहेको सम्मेलनमा जानकारी गराइयो । 

जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले महायज्ञका लागि गत वर्षको महाशिवरात्रिदेखि देश विदेशमा रहेका एक हजार २०० साधक साधिकाले कूल एक अर्ब ६० करोडको सङ्ख्यामा मन्त्र जप अनुष्ठान गरिरहेको बताउनुभयो । 

नेपालमा विभिन्न समयमा विभिन्न खालका महायज्ञ हुने गरे पनि विधि पु¥याएर गर्न लागिएको पहिलो महायज्ञ भएको आयोजकले जनाएको छ । यसभन्दा अगाडि रामानन्द महाराजाको नेतृत्वमा छ करोड जप मन्त्र गरेर भारतको काशीमा महायज्ञ गरिएको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने