2026-10-17 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय अनुसन्धान केन्द्र: समृद्धको फाष्ट ट्रयाक

विवेक त्रिपाठी । अव नेपाली जनतालाई क्रान्तीको  या त स्वतन्त्रताको लडाई लड्नु छैन राणा शासन,निरंकुश पंचायती व्यवस्था तानाशाही राजतन्त्रका विरुद्ध्र सयौ व्यक्तिहरुले आफ्नो जिवन आहुती दिएका छन् । जस कारण लोकतान्त्रीक गणतन्त्र नेपाल अर्थात  प्रजातान्त्रीक  मुलुक नयाँ संवीधान र नयाँ नयाँ नेतृत्व पाइरहेका छौ हामीले । अव संघर्ष वलीदानी युद्ध मुतभेद  अन्त्य भएका हुन् अव कसैले पनि रोक्न सक्दैन अव त आम नेपाली जनता खुसीयाली चाहन्छन् । आफ्नो पहिचान र दरीलो राष्ट्रीय स्वाभिमान चाहन्छन् । अव लडाई झगडा विरोद मतभेद  हैन नेपाली जनता संवृद्धि नेपाल चाहन्छन् । आम नेपाली जनताले देख्ने गरेको सम्वृद्ध नेपालको सपना अव विज्ञान र प्रवीधीको विकास विना  सम्भव नहुने कुरामा पनी विमत वा मतभेद नरहला किनकी हामीलाई थाहा छ पश्चिमा मुलुकहरु विकासको चरम गतीमा पुगी रहेका वेला वल्ल हामी विकसीत नेपालको सपना देख्दै छौ । 

कारण उनीहरुले विज्ञान प्रवीधीको खोज अनुसन्धान र विकासलाइृ सधै प्रथामीकतामा राखी रहे नेतृत्व गरीरहे । विज्ञान र प्रविधीले विकास गरेका कुरा विकास  र संवृद्धी सगँ जोड्दै लगे जसकारण उनीहरुको विकास र संम्वृद्धी देखेर आज हामीलाई डाहा लाग्ने गरी विकास गरे । हो अभावले सृजना गराउछ हामीलाई वल्ल अभाव खड्कीएको छ अव यो समयलाई फजुल नगरीकन सहि नेतृत्व पाएमा नयाँ नयाँ सिर्जनालाई संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन । हाम्रो मुलुक सहि प्रयोग विकास गर्न सक्ने क्षमता नभएकै कारण अलपत्र परीरहेको छ । संसारका शक्ति राष्ट्रहहरु  चिन र भारतको विचमा रहेको मुलुक सानो भएता पनि संसारको उत्कृष्ठ गन्तव्य भन्दा अतिस्युक्त नहोला । प्राकृतीक सम्पदाको वैज्ञानीक प्रयोगलाई जोड्दिन मात्र सकियो भने हाम्रो  संम्वृद्ध नेपालको सपना  त्यती टाढा छ जस्तो लाग्दैन । 

वगेर जाने पानी वाट जलविद्युत् उत्पादन गरेर विदेश निर्यात गरौ अथाह जडीवुटीहरुको प्रशोधन गरेर विश्व वजार सम्म पुराऔ ।  हाम्रो पौराणीक महत्वका चिजहरु संरक्षण गदै प्राविधीक शिक्षाको विकास गराउन सक्यौ भने मात्र संवृद्ध नेपालको ढोका जजिकै छ । त्यही संवृद्ध नेपाल वनाउने  वाटोको   रुपमा पछिल्लो समयमा विज्ञान र प्रविधीको क्षेत्रमा  ठुलो संघर्ष गरेको व्यतmी महावीर पुन अर्थात यसीयाली नोवेल पुरुस्कार रोमन  म्यागासेस पुरुस्कार प्राप्त गरेका पुनले जुन राष्ट्रीय आविष्कार केन्द्रको परिकल्पना गरेका छन् मनासीव लागेको छ । देशले हामीलाई के दियो भन्दा पनि देशलाई हामीले के दियौ भन्ने सोच एक महान् संकल्प हो राष्ट्रीय अनुसन्धान केन्द्र । जस्ले छरीएर रहेका  वा लापत्ता भएका नेपाली सृजनशिल मष्तीस्कहरुलाई एक वनाउने छ र सुन्दर देशलाइृ सृजित गर्न लाग्ने छ । 

अहिले यतीवेला नेपाली राजनीतीमा फाष्ट ट्रयाक  को चर्चा निकै छ । कस्ले वनाउने वा कसरी वनाउने जस्ता थुप्रै कुराहरुले आमसंचार माध्यमहरु  घन्कीएका छन् । फाष्ट ट्रयाक नेपाली आवश्यकता हो ।जती सक्दो छिटो चाहिएको छ  कीनकी करिव पाचँ छ दशक  पहिले हाम्रो तुलनामा रहेका केही मुलुकहरु जस्तै दक्षिण कोरीया आज सयौ नेपाली कामदार भित्रायर  विकास निर्माण को अग्र पक्तिमा पुगीरहेको छ । कारण के हो भने दक्षिण कोरीयालीहरुको आट मेहनत सिर्जना र नेतृत्वनै हो । 

दक्षीण कोरीया सगँ केही अपुग स्रोत र साधन हुदा हुदै पनि दृढ इच्छा शक्तिका साथ सोलवुस्यान फाष्ट ट्रयाकको  निमार्ण गरे र आज हाम्रा जस्तो धेरै मुलुकवाट कामदार लगिरहेका छन् । विकासको तिव्र गतीमा अगाडी वढीरहेका छन् । तर हाम्रो मुलुक प्रशस्त स्रोत साधन र वैज्ञानीक प्रविधीलाई आत्म साथ गराउन सक्ने नेतृत्व वेगर भएर पानी विना छट्पटाएको माछा जस्तो भएको छ । हामी सगँ आखीर के छैन त यहाँ विज्ञान र प्रविधीका कुरा भइरहेको छ ।  

त्यसैले म केही विज्ञान र प्रविधी सगँ काम गरीरहेका व्यक्तिलाई नीकै राम्रो सगँ चिन्छु र वेला वेला संचार माध्यमहरुमा पनी आइरहेका छन् । हुन्छन् नयाँ नयाँ आवीस्कार तर कता जान्छन् के गर्ने हुन् अतोपतो हूदैन, ति आविष्कारहरले मुर्त रुप पाउन सक्दैनन् आखीर कीन त ? नाष्ट विज्ञान तथा प्रवीधी मन्त्रालयनै छ जस्ले यस्ता कुराको संरक्षणमा खासै चासो कीन दिदैन् त ? केही वषै पहिले रोवर्ट चौधरी, मेहेश त्रिपाठ, विकास पराजुली,आविष्कार सुवेदी, तल्लज वराल, विकल्प ढुगाना रव मियाँ लगायत थुप्रै वैज्ञानीक आविष्कार गरेका व्यक्तीहरु काहा वेपता भएका छन् ? आखीर ती त सरकारी सम्पती हुन्जसलाई संरक्षण गर्न नसकेर सरकारले लापत्ता युवा वैज्ञानीक वेपत्ता सरकार भएको छ ।  

रोवर्ट चौधरीले आविष्कार गरेको रोवर्ट महेश त्रिपाठीले गरेको सुपर एम म्याग्नेटीक इन्जीन, पानी वाट चल्ले इन्जीन लगाएत थुप्रै रोवर्ट अनि उनका आवीष्कारहरु ,विकास पराजुलीले आविष्कार गरेको डाफे, तल्लज वरालका रोवर्टहरु, विकल्प ढुगाना को सौर्य शक्तिले चल्ने स्कुटर लगाएतका आविष्कारहरु काहाँ गुमनाम भएकाछन् । 

सरकारले यस्ता व्यक्तीहरुको संरक्षण गर्नु पर्ने होकी हैन ? अनि सयौ लाखौको संख्यामा आफ्ना युवाहरु मरभुमीको फाष्ट ट्रयाक खन्दा खन्दा जिन्दगीको ट्रयाक स्लो वनाएर विग्रन लागेको गाडी जस्तो भएर फकर्दै छन् ।  

अनी यस्ता सयौ वैज्ञानीक मष्तिस्क भएका व्यक्तीहरु,सयौ इन्जीनीयरहरु र प्राविधीक टोलीहरु वेकामे भएका छन् । यिनीहरुको प्रयोग गर्न छाडेर सरकार अरु कुरा गर्दछ । यो गलत छ त्यसैले दक्षिण कोरीयाका तत्कालीन राष्टपती पार्कको जस्तो आट गर्नु पर्ने छ जुन फास्ट ट्रयाकले दक्षिण कोरीयाको विकासमा जुन फट्को मारो त्यसरीनै यस्ता  राष्ट्रीय अनुसन्धान केन्द्र जस्ता केन्द्रहरु द्धारा युवाहरुको संरक्षण प्रयोग अनी विकास गर्नु छ र संवृद्धीको फाष्ट ट्रयाक निमार्ण गर्नु छ । 

  अन्तयमा राष्ट्रीय अनुसन्धान केन्द्र निमार्ण गरी माथी उल्लेख गरीएका युवा वैज्ञानीक मष्तीस्कहरुको अनुसन्धान प्रतिको लगाव र उत्साहलाई वढावा दिने र उत्पादनले सम्वृद्ध नेपाल निर्माण गर्नका निम्ती विज्ञान र प्रविधीको क्षेत्रमा लामो समय सम्म लागी परेका महावीर पुनको महासंकल्प हो । अमेरीका वाट कम्प्युटर टेक्नोलोजीको विषय अध्यन गरेर  फर्केका पुन अमेरीकाको जस्तो विकास गर्न सक्ने ज्वल्नत उदारण हुन् । 

उनको मेहनत लगावले   ग्रामीण वस्तीमा  सफल वनाउने व्यक्ती महावीर पुनले देखेको यो महाअभियान कामयाव वनोस् शुभकामना साथै लापत्ता भएका वैज्ञानीकहरुका आविष्कारहरुले मुहर्तरुप पाउन् ,वेपत्ता भएको सरकार यस्ता वैज्ञानीक मष्तीस्कको संरक्षण प्रयोग र विकासमा जोड दिने निती कार्यक्रम सगै  यस्ता युवाहरुको वैज्ञानीक मष्तीस्क फास्ट ट्रयाकमा लगाओस् शुभकामना । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु