2026-07-25 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकको छ प्रादेशिक कार्यालय स्थापना

पुस २७, काठमाडौँ | सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका छ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । 

बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको जनाएको छ । 

प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासनको साथै व्यापार विस्तारका कार्य छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रादेशिक कार्यालयको सामूहिक उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक बच्छराज तातेड, सञ्चालक ज्योतिकुमार बेगानी, सञ्चालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गर्नुभयो । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १०२ शाखा, २८ शाखारहित बैंकिङ सेवा, चार एक्सटेन्सन काउण्टर, ११४ एटिएममार्फत आफ्ना पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक