माघ १८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट तस्करीको सुनसहित ५ जनालाई पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले बिहीबार अपराह्न ३ बजे वैदेशिक रोजगारीबाट फर्केका उनीहरुलाई सुनको बालासहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा २५० ग्रामको सुनको बालासहित उनिलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेकाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशबाट फर्केका व्यक्ति हुन् । यद्यपि, प्रहरीले उनीहरुको पहिचान भने खुलाएको छैन ।