2026-10-17 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुन्य लागतमा कतार जान चाहनेहरुको लागि भोलिदेखि ३ दिनसम्म अन्तर्वार्ता हुने, तलव ८० हजारसम्म

माघ १२, काठामाडौं । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको तपाई हामी सबैलाई थाहा भएकै विषय हो । यदि तपाइलाई कुनै म्यानपावर कम्पनीले नै शुन्य लागत हो भन्दा विश्वास पनि गर्नुहुन्न किनकी अहिलेसम्म नेपालबाट विदेश जाने भनेकै लाखौँ खर्च गरेर मात्र जान पाइन्छ भन्ने नै छ ।

अहिले विदेशका केहि कम्पनीले मात्र शुन्य लागतमा श्रमिक लिने गरेका छन् । नेपालमा एकै म्यानपावर कम्पनीले विदेशका विभिन्न कम्पनीमा श्रमिक पठाउँदा कुनै कम्पनीमा शुन्य लागतमा पठाउँछन् त कुनै कम्पनीमा शुल्क लिएर ।

हाल इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रा. लिले कतारको URban Hospitality Services को लागि ५२ जनाको डिमाण्ड ल्याएको छ । जुन कम्पनीमा जानको लागि नेपालमा कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने म्यानपावर कम्पनीले जनाएको छ । वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ माघ ६ गते Gen Clean Worker(पुरुष ३५, महिला १५ जना) र  Supervisor (२ जना पुरुष) को लागि पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ । Gen Clean Worker को  न्यूनतम मासिक तलब ३१ हजार ९८० र Supervisor को तलब ७९ हजार ९५० रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन । 

वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया अवलम्बन गर्दै शुन्य लागतको अवधारणालाई व्यवहारमै लागू गरेर देखाउने प्रयासमा लागेको छ, इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रा. लि. । श्रमिकबाट नभई रोजगारदाताबाट नै म्यानपावर कम्पनीलाई सेवा शुल्क आउने भएकोले यो कम्पनीमा कतार जाँदा म्यानपावर कम्पनीलाई सेवा शुल्क तिर्नुपर्दैन ।  स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क जाने श्रमिकले तिर्नुपर्नेछ यस बाहेक अन्य सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने म्यानपावर कम्पनीले जनाएको छ ।

माघ १३ ,१४ र १५ गते  गते गते म्यानपावर कार्यालय ग्वाकोंमाअन्तर्वार्ता हुने कम्पनीले जनाएको छ।  कोमिड-१९ को रोकथाम प्रकिया र सामाजिक दूरी कायम गरी श्रमिक छनौट अन्तर्वार्ता संचालन गरिने जनाइएको छ ।

डिमाण्डमा आवेदन गर्न यहाँ क्लिक गर्नुहोला 

आवेदकहरुलाई कुनै मध्यस्थकर्ता वा विचौलियाको प्रयोग बिना सिधा आवेदन गर्न आमन्त्रित गरिएको छ । आवेदक वा आवेदकका परिवारका सदस्यहरुले यस भर्तिको लागि कुनै प्रकारको शुल्क तिर्नु पर्नेछैन । अझ रोचक त के छ भने यदि कोहि कसैले कुनै एजेन्ट वा कर्मचारीलाई रकम दिएको/मागेको  शंका लागेमा उक्त व्यक्तिलाई थप सोधपुछ गरिनेछ साथै अनाधिकृत रुपमा रकम लिने त्यस्ता व्यक्तिलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार हुने सजायको बारे बताएर सचेत गराइने मात्र होइन म्यानपावर कम्पनीलाई रकम तिरेको वा नतिरेको आवश्यक छानविन गर्न म्यानपावर कम्पनीले नै वैदेशिक रोजगार विभागलाई अनुरोध गर्दछ । जसले गर्दा तपाई ढुक्क भएर वैदेशिक रोजगारीमा जान पाउनुहुन्छ ।

ईन्टरनेशनल म्यानपावर रिकुटमेन्ट (आईएमआर) को कुनै मध्यस्तकर्ता तथा  शाखाहरू छैन । वैदेशिक  रोजगारमा जाने कामदारहरुबाट आईएमआरले कुनै पनि शुल्क भुक्त्तानी गर्दैन । यसको मतलब कुनै पनि भर्ती शुल्क नलाग्ने प्रकिया शुल्क नलाग्ने तलब कटौती नहुने नगद जम्मा गर्नु नपर्ने तथा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

अबैध भतीकर्ताहरूदेखि साबधान रहनुहोला । कृपया धोखाधदी, अबैध कियाकलाप वा भ्रष्टाचारको विरुद्ध आईएमआरको स्वतन्त्र तेस्रो पक्ष हटलाइन नं +९७७ १८०११३७७६५ वा [email protected] ईमेलमा रिपोर्ट गर्न सकिने व्यवस्था गरिएको छ । हामी तपाईको गोपनीयताको सुनिश्चित राख्नेछौं । 

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु