२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–पाकिस्तानबीचको खेल स्थगित

२०७५, १८ माघ शुक्रबार ०८:५७

माघ १८, काठमाडौँ | अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । 

पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहनुभएका सञ्चारकर्मी गोविन्दराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ । 

यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचाँै खेल हुनेछ । नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको शृङ्खला खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो । 

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् । शृङ्खलाका लागि नेपालले करीब तीन साता तयारी गरेको थियो । पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाईं, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री, भूमा खरेल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?