By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    3 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    4 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    8 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन
काठमाडौँ - KTMविश्व

विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन

साझासवाल
Last updated: February 7, 2019 8:28 am
साझासवाल
4 Min Read
Share

माघ २४, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गर्नुभएको छ । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आउनुभएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । 

अमेरिकी अर्थ विभागका वरिष्ट अधिकारी माल्पासको छनौट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक शेयरहोल्डरहरु, खासगरी युरोपेली मुलुकहरुको समर्थन प्राप्त गर्न राष्ट्रपति ट्रम्प सफल हुनुभयो भने बैंकलाई नयाँ स्वरुपमा ढाल्न ट्रम्पलाई एउटा मौका हुनेछ । 

ट्रम्पले माल्पासको नाम सार्वजनिक गर्नेक्रममा ह्वाइट हाउसमा आयोजित समारोहमा भन्नुभयो, “माल्पास विलक्षण प्रतिभाका धनी हुनुहुन्छ र यो अति महत्वपूर्ण जिम्मेवारी लिनसक्ने उपयुक्त व्यक्ति पनि हुनुहुन्छ ।” 

“विश्व बैंकमा सबैभन्दा ठूलो योगदानकर्ता मुलुक अमेरिका हो,” उहाँले भन्नुभयो, “मेरो प्रशासनले अमेरिकी करदाताले तिरेको पैसा प्रभावकारी र बुद्धिमत्तापूर्वक तरिकाबाट खर्च भएको सुनिश्चित गर्न उच्च प्राथमिकता दिनेछ ।” 

राष्ट्रपति ट्रम्प र उहाँको ह्वाइट हाउस प्रशासनले कार्यभार सम्हालेको दुई वर्षदेखि बहुराष्ट्रिय संस्थाहरुमाथि निरन्तर आलोचना गरिरहेका छन् । माल्पासले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमाथि आक्रमणको नेतृत्व नै गरिरहनुभएको छ । 

माल्पासले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको ऋण प्रवाह अभ्यास “भ्रष्ट” रहेको बताउँदै चीन र तुलनात्मक रुपमा सम्पन्न मुलुकमा समेत लगानी गरिरहेकामा आपत्ति जनाउनुभएको छ । 

ह्वाइट हाउसमा आयोजित समारोहमा बोल्दै माल्पासले गत वर्ष स्वीकृत सुधारका योजनाको कार्यान्वयन गरिने स्पष्ट गर्नुभयो । उहाँले बैंकको लगानीयोग्य रकमलाई १३ अर्ब डलरले वृद्धि गरिने पनि बताउनुभयो । माल्पासले उच्च आय भएका चीनजस्ता मुलुकलाई प्रदान गरिने ऋणमा कडाई गर्ने तथा त्यस्ता मुलुकमा ऋण प्रवाह गर्दा बढी व्याजदरमा मात्र दिइने बताउनुभयो । 

“म निकै आशावादी छु कि अति गरिबीसँग जुध्न तथा विकाशसील मुलुकमा आर्थिक अवसर सिर्जना गर्न हामी सक्षम हुनेछौं,” माल्पासले भन्नुभयो । 

विश्व बैंकका अध्यक्ष जीम योङ कीमले आश्चर्यजनक रुपमा पाँच वर्षे दोस्रो कार्यकालको बीचमै फेब्रुअरी १ बाट लागू हुनेगरी राजीनामा दिनुभएको थियो । उहाँको राजीनामासँगै राष्ट्रपति ट्रम्पलाई नयाँ अध्यक्ष चयन गर्न बाटो खुलेको हो । 

बिहीबारदेखि बैंकको बोर्डले मनोनयनमा परेका व्यक्तिको आवेदन लिनेछ र यो मार्च १४ तारिखसम्म रहनेछ । आगामी अप्रिल १२–१४ सम्म वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको संयुक्त बैठक अघि बैंकको नयाँ अध्यक्ष चयन गरिनेछ । 

बैंकका १८९ सदस्यमध्ये जोकोहीले अध्यक्षका लागि उम्मेदवारी दिन सक्नेछन् । 

दोस्रो विश्वयुद्धको समाप्तिपछि स्थापना भएको विश्व बैंकका अध्यक्षहरु हालसम्म अमेरिकीहरु नै भइरहेका छन् । विश्वकै सबैभन्दा ठूलो वित्तीय संस्था विश्व बैंकको प्रधान कार्यालय अमेरिकाको वासिङ्टनमा रहेको छ । 

विश्व बैंकको भगिनी संस्था अन्तर्राष्ट्रिय मुद्रा कोषको नेतृत्व भने युरोपेली मुलुकहरुबाट हुने गरेको छ । 

पछिल्ला वर्षहरुमा उदीयमान अर्थतन्त्र रहेका मुलुकहरुले अलिखित यो व्यवस्थाका विरुद्धमा चुनौती दिन थालेका छन् । उनीहरुले बैंकको अध्यक्ष चयन गर्दा बढी खुला, योग्यता–आधारित छनौट प्रक्रिया अवलम्बन गर्न माग गरिरहेका छन् । 

अमेरिकी पूर्व अर्थ अधिकारीहरुले माल्पास र उहाँको योग्यतालाई लिएर कडा आलोचना गरिरहेका छन् । उनीहरुले विश्वको वित्तीय सङ्कटका बारेमा यथार्थ विश्लेषण गर्न माल्पास अक्षम रहेको आरोप लगाएका छन् । 

जर्ज डब्लु बुस प्रशासनका समयमा अर्थ सहायक मन्त्री रहनुभएका टोनी फ्राटोले भन्नुभयो, “विश्व बैंकको अध्यक्षमा डेभिड माल्पासको मनोनयन दुर्भाग्यपूर्ण, विषाक्त छनौट हो ।” 

संयुक्तराज्य अमेरिका विश्व बैंकको सबैभन्दा ठूलो सेयरहोल्डर हो तर अमेरिकासँग कुनै विशेषाधिकार भने छैन । बोर्डमा बहुमत पु¥याउन अमेरिकालाई युरोपेली मुलुकहरुको समर्थन आवश्यक हुन्छ । 

अमेरिकी वरिष्ट अधिकारीहरुले अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले राष्ट्रपति ट्रम्पको मनोनयनका पक्षमा समर्थन जुटाउन विश्व बैंकका अरु सेयरहोल्डरसँग छलफल थाल्नुभएको बताए । 

माल्पास अर्को साता व्यापार वार्ताका लागि बेइजिङको भ्रमणमा जाँदै हुनुहुन्छ, र त्यसपछि उहाँ जापान जानुहुनेछ । जापान विश्व बैंकको दोस्रो ठूलो सेयरहोल्डर हो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सावधान ! महिलाहरुमा यसकारण निम्तिने गर्छ बाँझोपन समस्या, जानी राखौं
Next Article प्रियंकाद्वारा भारतीय काँग्रेसको महासचिवको पदभार ग्रहण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

थप २९४२ कोरोना संक्रमण, १६९८ जना काठमाडौं उपत्यकाका मात्रै

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

कुमारी बैंकको नाफामा उत्साहजनक वृद्धि, ९ महिनामै कमायो १ अर्ब ८० करोड

57 years ago
काठमाडौँ - KTMराजनीति

नेकपा एमालेका सबै कार्यक्रम स्थगित

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

किन निलम्बित भएन आयल निगमका निर्देशक खड्का ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?