देशैभर गर्मी बढ्यो, तापक्रम अझै बढ्ने संभावना

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

बैशाख १७, काठमाण्डौ –केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर भएसंगै  देशभर गर्मी बढेको छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेको काठमाण्डौको मंगलबार बिहानको तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको दिउँसोको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

मौसम खुल्ला हुने भएकाले यो तापक्रम अझै बढ्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर बुधबार पश्चिमबाट पश्चिमी वायु प्रवेश गर्ने भएकाले दिपायल, नेपालगन्ज, घनगढी आसपासका क्षेत्रको तापक्रम थोरै घट्ने उहाँको अनुमान छ ।

मंगलबार पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित एकैछिन पानी पर्ने संभावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । अरु ठाउँको मौसम भने सफा रहने उहाँको अनुमान छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply