२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा आरोहणमा गएका १० जना आरोहीको मृत्यु

२०७६, ११ जेष्ठ शनिबार १८:१३

जेठ ११, काठमाडौँ ।  सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ । उनीहरुको एक हप्ताको अवधिमा मृत्यु भएको हो ।

शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्।

शनिबार सगरमाथिाको चुचुरोमा पाइला टेकेर फर्कंने क्रममा लडेर फिसर ज्यान गएको बताइएको छ। एभरेस्ट परिवार एक्स्पिडिसनका अधिकारी मुरारी शर्माले भने, ‘हाम्रा गाइडले उनलाई बचाउन गरेको प्रयास सफल भएन। उनको निधन भयो।’

शुक्रबारमात्र सगरमाथाको तिब्बती क्षेत्रमा एक आइरिस पर्वतारोहीको मृत्यु भएको थियो। सगरमाथा आरोहण अभियानका आयोजकले आफ्नो फेसबुक पेजमा ५६ वर्षीय आइरिस आरोहीको मृत्यु भएको पुष्टि गर्दै भनेको छ,‘उनी सर्वोच्च शिखरमा नपुगी फर्किएका थिए। उनको टेन्टमै मृत्यु भएको थियो।’

गत हप्ता भारत, अमेरिका, अस्ट्रिया र नेपाल गरी ४ पर्वतारोहीको मृत्यु भएको थियो। केही दिन अगाडिमात्र अर्का एक पर्वतारोही सगरमाथा चढ्ने क्रममा लडेर बेपत्ता भएको जनाइएको छ। उनको समेत मृत्यु भएको आशंका गरिएको छ।

सगरमाथामा ट्राफिक जामको घटनाले पर्वतारोहीको मृत्यु भएको खबरकाबीच यहाँ मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

यो हप्ता ४ जनाको सगरमाथामा ट्राफिक जाम भएका कारण मृत्यु भएको छ। बुधबार एक भारतीय र एक अमेरिकी नागरिकको सगरमाथामा ट्राफिक जामका कारण मृत्यु भएको थियो भने बिहीबार भारतका ५२ वर्षीया कल्पना दास र २७ वर्षीय नाहिल बागवानको ट्राफिक जामकै कारण मृत्यु भएको थियो।

नेपालले यसपटकको बसन्त ऋतुमा ३सय ८१ जना विदेशी पर्वतारोहीलाई सगरमाथा आरोहणको अनुमति दिएको छ। उनीहरुले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तिर्छन्। प्रत्येक पर्वतारोहीले एक शेर्पालाई गाइडको रुपमा लाने गर्छन्।

यसरी मानिसहरु धेरै भएपछि सगरमाथामा मानिसहरुको भिड हुन्छ। यसरी त्यहाँ जाम हुने गरेको छ। जाम हुँदा कयौंघन्टा एकै स्थानमा बस्दा पर्वतारोहीको स्वास्थ्यमा असर पुग्ने र मृत्युको खतरा निम्तने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा