२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

२०७६, २७ आश्विन सोमबार १३:५६

असोज २७, दार्चुला | भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।

भारतमा असोज २९ गते हुने ग्राम पञ्चायत निर्वाचनका लागि आज साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्मका लागि पुल बन्द हुने भएको हो । भारतको विकास खण्ड धारचुलाअन्तर्गत असोज २९ गते ग्राम पञ्चायत सदस्य, क्षेत्र पञ्चायत सदस्य एवम जिल्ला पञ्चायत सदस्यका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै दार्चुलासँग जोडिएका सबै नाका बन्द गर्नेसम्बन्धी भारतीय प्रशासनले पत्राचार गरेको थियो । भारतीय चुनावका कारण सदरमुकामसँग जोडिएको झोलुङ्गे पुल र तिगरम पुल बन्द हुनेछ । 

यसअघि असोज १८ गते भएको त्रिस्तरीय ग्राम पञ्चायत निर्वाचनका लागि बैतडीको झुलाघाट तथा दार्चुलाका लाली, जौलजीवी र दत्तु नाका ४८ घण्टाका लागि बन्द गरिएका थिए । नेपाल र भारतमा निर्वाचन हुँदा दुवै देशको सहमतिमा सीमा नाकामा रहेका पुल बन्द हुने गरेका छन् । यस पटक भारतीय पत्राचारअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै नाका बन्द गरिनुभन्दा चार दिनअगावै सञ्चारमाध्यममार्फत बन्द हुनेबारे जानकारी गराएको छ । बन्द गरिएका नाका दुवै पक्षको समन्वयमा खोल्न सकिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट