२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनको विमान खसालेपछि इरानका राष्ट्रपतिको यस्तो प्रतिक्रिया

२७ पुष २०७६, आईतवार १०:२१

पुस २७, (रासस-सिन्ह्वा) | इरानमा गत हप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपतिले बताउनुभएको छ | इरानी राष्ट्रपति रउहानीले सो कुरा क्यानाडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिसमक्ष फोनमार्फत बताउनुभएको हो |

इरानी राष्ट्रपति रउहानीले शनिबार क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गर्नुभएको इरानी समाचार समिति, इर्नाले जनाएको छ । सो फोनवार्ताका क्रममा इरानी राष्ट्रपति रउहानीले उक्त विमान दुर्घटनासम्बन्धी जुनसुकै प्रकारको अनुसन्धान तथा आवश्यक सहयोगको इरानले स्वीकार गर्ने बताउनु भएको समाचारमा जनाइएको छ । 

यसअघि दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले पनि गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहेको जानकारी सार्वजनिक गर्नुभएको थियो । 

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाइ दिनुपर्ने बताएको थियो । अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत हप्ता इरानमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रामा रहेका थिए । ती सबैजना यात्रुको निधन भएको छ । 

यसअघि इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा भेटिएको जनाउनुभएको थियो । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा नै क्षति भएको पाइएको जनाइएको थियो । 

यसअघि क्यानाडा र युक्रेनले नै विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्धन्द्धको समय रहेकोले विमानको दुर्घटना हुनु शङ्कास्पद रहेको बताएको थियो । त्यसै दिन इरानले इराकमा रहेका अमेरिकी सैन्य शिविरहरुलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेकोले विमानको दुर्घटना पनि यसैसँग सम्बन्धित रहेको विश्वका हानेको थियो ।

सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् भन्ने अपेक्षा राष्ट्रंघले गरेको बताएको थियो | उता इरानले नै उक्त विमानको दुर्घटनाको कारण क्षेप्यास्त्र नै भएको स्वीकार गरेको छ । सो विमान भुलबस दुर्घटना हुन पुगेको इरानी सेनाले शनिबार नै जानकारी गराएको हो ।

इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ ले यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकार गरेको छ | इरानमा भएको सो विमानको दुर्घटना इरानले इराकतर्फ हानिरहेको भनिएको क्षेप्यास्त्रका कारण भएको हुनसक्ने अनुमान शुरुमै पश्चिमी मुलुकहरूले गरेका थिए ।

संयुक्त राज्य अमेरिका, क्यानाडा र बेलायतले गरेको सो दाबी इरानले अस्वीकार गरेपनि शनिबार भने विमानलाई चाहेर नभई भुलबस खसालिएको इरानले स्वीकार गरेको छ | इरान सरकारले शनिबार विज्ञप्ति प्रकाशन गरी औपचारिक रुपमा नै सो दुर्घटनाको कारण इरानी सेनाको क्षेप्यास्त्र नै भएको स्वीकार गरेको अधिकारीहरुले जनाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की