बैशाख १, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । रौतहतमा र कैलालीमा एक एक जनालाई कोरोना भाइरस संक्रमण भेटिएसंगै संक्रमितको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
रौतहत जिल्लामा क्वारेन्टाइनमा रहेका १९ वर्षीय एक युवा र कैलालीको कैलालीको लम्किचुहा नगरपालिकाकी ६५ एक वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए ।
संक्रमित मध्ये थप एक जना गरी ५ जनाको उपचार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालामा, ३ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङको धौलागिरी अस्पताल तथा २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।
६५ एक वर्षीया महिला गत चैत २८ गते कैलालीकै लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट घर गएकी थिइन्र । दुई हप्तासम्म क्वारेन्टाइनमा बसेकी उनको र्यापिड डाइग्नोस्टिक टेष्ट किटबाट नेगेटिभ आएपछि उनी घर गएकी थिइन्।