Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३७ अङ्कले बढ्यो

२०७७, २६ श्रावण सोमबार १२:०९

साउन २६, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ । 

स्टकका अनुसार आज कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर रु एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ अङ्कले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीबन बीमा २८३.०८, उत्पादन ५४.८६, अन्य १२.६३, लघुवित्त ७१.५७ र जीवन बीमा २२३.१५ अङ्कले उकालो लागे । 

कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु सात करोड १६ लाख ३९ हजार ८८ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ८१ लाख ५० हजार २८३, एनआइसी एसिया बैंकको रु पाँच करोड ३८ लाख १६ हजार ६६३, अजोड इन्स्योरेन्सको रु चार करोड ८४ लाख २२ हजार ४४५ र एनएमबी बैंकको शेयर रु तीन करोड ३९ लाख ७८ हजार ९६ मा कारोबार भई शीर्ष स्थानमा रहे । 

आज साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.८६ प्रतिशतले कमाए । यस्तै अजोड इन्स्योरेन्स कम्पनी ९.८५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ८.७०, एभरेष्ट इन्सयोरेन्स ८.५८ र साङ्ग्रीला डेभलपमेन्ट बैंकका शेयरधनीले ८.३९ प्रतिशतले कमाए । 

दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७० प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय वित्तीय संस्था ४.७६, वेष्ट फाइनान्स कम्पनी ३.९२, खानीखोला हाइड्रोपावर ३.९२ र घलेम्दी हाइड्रोपावरका शेयरधनीले ३.४५ प्रतिशतले गुमाए । 

पहेँलो धातुको मूल्यमा सामान्य गिरावट

आज पहेँलो धातुको मूल्यको सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु २०० ले घटेकोे छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ४०० तोकेको छ । आइतबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ६०० तोकिएको थियो । 

तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० तोकिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु एक हजार ३९५ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू