९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३७ अङ्कले बढ्यो

२६ श्रावण २०७७, सोमबार १२:०९

साउन २६, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ । 

स्टकका अनुसार आज कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर रु एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ अङ्कले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीबन बीमा २८३.०८, उत्पादन ५४.८६, अन्य १२.६३, लघुवित्त ७१.५७ र जीवन बीमा २२३.१५ अङ्कले उकालो लागे । 

कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु सात करोड १६ लाख ३९ हजार ८८ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ८१ लाख ५० हजार २८३, एनआइसी एसिया बैंकको रु पाँच करोड ३८ लाख १६ हजार ६६३, अजोड इन्स्योरेन्सको रु चार करोड ८४ लाख २२ हजार ४४५ र एनएमबी बैंकको शेयर रु तीन करोड ३९ लाख ७८ हजार ९६ मा कारोबार भई शीर्ष स्थानमा रहे । 

आज साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.८६ प्रतिशतले कमाए । यस्तै अजोड इन्स्योरेन्स कम्पनी ९.८५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ८.७०, एभरेष्ट इन्सयोरेन्स ८.५८ र साङ्ग्रीला डेभलपमेन्ट बैंकका शेयरधनीले ८.३९ प्रतिशतले कमाए । 

दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७० प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय वित्तीय संस्था ४.७६, वेष्ट फाइनान्स कम्पनी ३.९२, खानीखोला हाइड्रोपावर ३.९२ र घलेम्दी हाइड्रोपावरका शेयरधनीले ३.४५ प्रतिशतले गुमाए । 

पहेँलो धातुको मूल्यमा सामान्य गिरावट

आज पहेँलो धातुको मूल्यको सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु २०० ले घटेकोे छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ४०० तोकेको छ । आइतबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ६०० तोकिएको थियो । 

तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० तोकिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु एक हजार ३९५ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो