१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

३ कार्तिक २०७७, सोमबार ०७:२९

कार्त्तिक ३, काठमाडौँ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड–१९ सङ्क्रमण फैलिरहँदा पालिकाले आफ्नो क्षेत्र बाहिरका व्यक्तिलाई प्रवेशमा गरेको कडाइका कारण अपेक्षाकृतरुपमा काम हुन नसकेको हो । 

यो आवको पहिलो तीन महिनामा भौतिक प्रगति न्यून मात्रै रहेको मध्यपहाडी सडक आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताउनुभयो । उहाँका अनुसार पहिलो चौमासिकमा ५० किमी कालोपत्र गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म झण्डै दुई किमी मात्रै सडक कालोपत्र भएको छ । अबको एक महिना दशैँ, तिहार, छठलगायत चाडपर्व भएकाले निर्माण गर्न अझै कठिन हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिलो चौमासिकमा अपेक्षा गरेभन्दा धेरै कम मात्रै काम भएको छ ।” एकातिर कामदार आफैँ पनि घर बाहिर जान त्रसित भएको र अर्कातिर सम्बन्धित पालिकाले आवतजावतमा कडाइ गरेकाले अधिकांश स्थानमा निर्माण अघि बढाउन नसकिएको प्रमुख केसीले बताउनुभयो । अहिले पनि धेरै पालिकाले नयाँ मान्छे आउनै नदिने वा आइहालेमा दुई साता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, “मजदूर आफैँ पनि सकेसम्म घरपरिवार छाडेर काम गर्न चाहेका छैनन् ।”

आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा एक तिहाइ मात्रै कालोपत्र भएको थियो । तीन सय किमी कालोपत्रको लक्ष्य लिइएकामा ११३ किमी सडकमा कालोपत्र भएको थियो । गत वर्ष कालोपत्र गर्ने लक्ष्य लिएकोमा सडकमा आवश्यक सबै तयारी भइसकेकाले अहिले सहज अवस्था हुनासाथ कामले गति लिने पनि प्रमुख केसीले बताउनुभयो । पहाडी क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने सो आयोजना आगामी आव २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु