2026-11-25 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो सङ्ख्यामा नेपाली कामदार अलपत्र (फोटो र भिडियो सहित)

योगेन्द्र योगी | असार २३, दोहा | कोरोनाको कारण कम्पनी बन्द भएपछि यूएईमा ठूलो सङ्ख्या नेपाली कामदार अलपत्र परेका छन् । यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत बिभिन्न क्याम्पमा गरि २ हजार देखि २५ सय भन्दा बढी नेपाली काम बिहिन भएर अलपत्र अवस्थामा रहेको काभ्रेका जयराम नेपाल (जीकी)ले जानकारी दिएका छन् ।

उनका अनुसार उनी बसेका क्याम्पमा मात्र ५ सय देखि २ हजार ५ सय नेपालीहरु विगत चार महिना देखि काम बिहिन भएर बसेका छन् भने अन्य क्याम्पमा बसेका नेपालीहरुको पनि समस्या उस्तै रहेको छ । 

अहिले ती कामदारहरु मध्ये ७० प्रतिसतले मात्र काम पाएका छन् भने बांकी ३० प्रतिसत काम बिहिन भएर चार महिनादेखि कोठामै बस्न बाध्य छन् ।  

“कम्पनीले अहिलेसम्म बिहान बेलुकी दुई छाक खान दिएको तर अब कम्पनीले हामी पाल्न नसक्ने भनेपछि आफूहरु थप समस्या परेका छौ” जयराम भने । अन्य देशको विमानस्थल खुल्दा नेपालको विमानस्थल नखुल्नु हाम्रो गल्ती हैन भन्दै कम्पनी पन्छिन थालेको उनले बताए । 

कम्पनीको भनाइ अनुसार अन्य मुलुकका नागरिक हरुलाइ कैले आफै फ्लाइट चार्टर गरेर त कैले रेगुलर फ्लाइटमा आफ्नो मुलुक पठाईसके जुन हामीले देखिरहेका छौ ।

उनका अनुसार कति पयले यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेको र ती मध्येबाट ५०/६० जनाको नाम आएको छ । अब के बांकी अलपत्र परेकोहरु  घर जान नपाउने त ? यो समस्या पटक पटक दूतावासमा राख्दा पनि हाम्रो गुनासो पनि नसुनेको उनले बताए ।  

अन्य धेरै नेपाली कामदारले कम्पनीले पठाउछ भनेर फारम नै नभरेको र कतिपयलाई फारम भर्ने बारे कुनै पनि जानकारी नभएकोले अवस्था झन् जटिल बनेको उनले बताए ।

उनी भन्छन् यहाँ कम्पनीले हामी आफै विमान चार्टर गरेर नेपाल पठाइ दिन्छौ भन्छ दूतावासले अनुमती दिदैनन् । “कम्पनीले यहि जुलाई १५ तारिखसम्ममा कि टिकट काटेर ल्याऊ होइन भने अन्य काम खोजेर अफर लेटर ल्याऊ अब हामी पाल्न सक्दैनौ भनेको पनि आज ५ दिन भयो” उनले भने । 

दूतावासको लिस्टमा नाम आउनेहरुलाई पनि कम्पनीले टिकट उपलब्ध गराएको छैन । अपिसमा गएर सोध्यो भने तिमीहरु आफै टिकट काटेर आउ हैन भने पर्ख कम्पनीले आफै पठाउछ भन्छ न त हामी सँग टिकेट काट्ने पैसा नै छ । 

फ्लाइट उद्दार उडान भएको १६ दिन बितिसक्दा एक जना नेपाली पनि ट्रान्सगर्ड ग्रुप कम्पनीबाट स्वदेश फर्कन सकेका छैनन् । ट्रान्सगार्ड यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो । 

आफूहरुको समस्या नेपाल सरकार,नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइ दिन विभिन्न संचार माध्यमलाई  अनुरोध गरेको उनले बताए । यता यस बिषयमा यूएईमा रहेको नेपाली दूतावासमा बुझन खोज्दा सम्पर्क हुन् सकेन । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै