Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अस्पताल सञ्चालकसहित विराटनगरमा थप चार जना संक्रमितको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p>कात्तिक ३, मोरङ | विराटनगरमा अस्पताल सञ्चालक सहित थप चार जनामा कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा तीन पुरुष र एक महिला रहेका छन् । उनीहरुको हिजो राति र आज बिहान मृत्यु भएको हो ।<br></p><p>दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।</p><p>मृत्यु हुनेहरुमा मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुष, विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुष, विराटनगर–२ की ६० वर्षीया महिला र मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुष रहेका छन् ।</p>