२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र अमेरिकाबीच ‘बेका’ सम्झौता: मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने

२०७७, १२ कार्तिक बुधबार ०४:०६

कात्तिक १२, काठमाडौँ | भारत र अमेरिकाबीच रक्षा सम्बन्धी सूचना आदान-प्रदान गर्ने गरी ‘बेका’ नामक रक्षा सम्झौता भएको छ। आधारभूत आदानप्रदान तथा सहायता सम्झौता (बेका) नामक यो द्विपक्षीय सहमतिपछि दुई देशले महत्वपूर्ण सैन्य प्रविधि, भूरणनीतिक नक्साहरु र भूउपग्रहसम्बन्धी गोप्य तथ्याङ्कहरु आदानप्रदान गर्नेछन् ।

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनामा पहुँच पाउनेछ । यसले मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुनेछ ।

इण्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आर्थिक तथा सैन्य प्रभावलाई निस्तेज पार्ने प्रतिबद्धताका साथ यो सम्झौता गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र रक्षामन्त्री मार्क एस्पर र उनीहरुका भारतीय समकक्षी एस जयशंकर र राजनाथ सिंहले मंगलबार दिल्लीमा उक्त सम्झौता गरेका हुन्।

इण्डो–प्यासिफिक क्षेत्रमा चीनको आर्थिक तथा सैन्य प्रभाव बढिरहेको र पूर्वी लद्दाखमा भारत र चीनबीच तनाब बढिरहेका बेला अमेरिकासँग भएको यो रक्षा सम्झौता महत्वपूर्ण ठानिएको छ ।

सम्झौतापछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफूहरु इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पिओले भारतका जनता सार्वभौमसत्ता र स्वतन्त्रताका पक्षमा लड्दा अमेरिका भारतीय जनताका पक्षमा उभिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ