९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको १७ अर्ब ऋण

५ मंसिर २०७७, शुक्रबार १३:४१

मङ्सिर ५, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब रु १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार ( १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागेको हो ।

नेपालको प्रमुख आर्थिक गतिविधिको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई बढावा दिने लक्ष्यका साथ सरकारको आग्रहमा उक्त ऋण प्राप्त हुन लागेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये प्रमुख हो । सो विमानस्थल अन्तरराष्ट्रिय तथा घरेलु यात्रुका लागिसमेत प्रमुख केन्द्रका रुपमा रहेको छ ।


यस्तै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले वैकल्पिक अन्तरराष्ट्रिय हवाई यातायात सुविधा प्रदान गर्ने उल्लेख गर्दै बैंकले लुम्बिनी गौतम बुद्धको जन्मस्थल एवं  प्रमुख पर्यटन गन्तव्य रहेको उल्लेख छ ।

बैंकको प्रधान कार्यालय मनिलाबाट आज जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पछिल्लो सहयोगले विमानस्थलको सुरक्षा, क्षमता र परिचालन दक्षता सुधार गर्ने विश्वास लिएको छ । नयाँ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवनको निर्माणपछि लुम्बिनी र वरपरका क्षेत्रीय पर्यटनलाई वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकका वरिष्ठ यातायात विशेषज्ञ काई वी येओले उल्लेख गर्नुभयो ।

सो परियोजनाले नेपालको पर्यटन उद्योगलाई पुनःर्जीवित गर्न र कोभिड–१९ को महामारीका कारण परेको दीर्घकालीन नकारात्मक असरलाई सम्बोधन गर्न मद्दत गर्ने उहाँको भनाइ छ । ऋण सहयोगले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी वे विस्तार, ह्याङ्गर, एप्रोन निर्माण गरिनेछ । यस्तै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ अन्तरराष्ट्रिय टर्मिनल भवनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनेछ ।

सो परियोजनाको अर्को प्रमुख विशेषता भनेको जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्ने गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य प्यानल र स्वच्छ ऊर्जा प्रदान गर्ने सामग्री प्रयोग गरेर गरिनेछ । एशियाली विकास बैंकको सहयोगमा नै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै