१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु,के-के छन् सुविधा?

१८ मंसिर २०७७, बिहीबार ०४:३९

मंसिर १८,काठमाडौँ | आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल आजियाटा लिमिटेडले  दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ | जस अन्तर्गत ग्राहकहरुले सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिनसक्ने छन् |

कम्पनीका अनुसार यी नयाँ भ्वाइस प्याक आज देखि उपलब्ध हुनेछन | र प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् |

ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा एक घण्टाको भ्वाइस प्याक अन्तर्गत कर सहित रु १७ मा एक घण्टा समयसीमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन्  | त्यस्तै ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुनेछ |

प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स८ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् | तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित मात्र रु ४८ मा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् |

यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् | ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स६एस्ट्रिक्स२ह्यास डायल गरी तीन दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् |

यो अफरले अझै सुलभदरमा भ्वाइस सेवामा पहुँच दिने कम्पनीको विश्वास छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु