काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालकाे जित सुनिश्चित

साझासवाल
1 Min Read

<p><b>मङ्सिर ७, काठमाडौँ । </b>काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालकाे जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो ।<br></p><p>पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।</p><p>तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply