<p><b>मंसिर १८, काठमाडौँ | </b>नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | कोरोना मुक्त हुनेको संख्या २१११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | <br></p><p>पछिल्लो २४ घन्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ | योसंगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १५५१ पुगेको छ | हाल देशभर १५७६६ सक्रिय संक्रमित रहेका छन् | यस्तै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३७५८९ रहेको मन्त्रालयको तथ्यांक छ |</p><p>हालसम्म २२०२७२ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् |</p>
