2026-09-12 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बालक बेपत्ता

मंसिर १८, बैतडी | एक बालक दुई दिनदेखि  बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन् । बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताए |

एकमात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेको उनले बताए । बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए । गाडी लाइनमा जागिर लगाइदिने भन्दै कसैले आफूलगायत अन्य सात÷आठजनालाई धनगढी लगेको फोनमार्फत भनेको बुबा देवदत्तले बताए । विवेकले त्यति मात्रै भनेर फोन काटेकाले जागिर लगाइदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन ।

विवेकले फोन गरेको मोबाइल अहिले स्वीच अफ गरिएको छ । देवदत्तले बेपत्ता छोरा खोजी गरिदिन प्रहरीचौकी गुरुखोलामा  निवेदन दिएका छन् । प्रहरीले बालकको खोजी जारी रहेको बताएको छ । बेपत्ता बालकको धनगढीलगायत स्थानमा खोजी भइरहेको गुरुखोला प्रहरीचौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक सुरेन्द्रदेव भट्टले बताए ।  

गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी, खैरो ज्याकेट, जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिलाई नजिकैको प्रहरीचौकी वा ९८६५८१३३६६ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । बेपत्ता बालक दशरथचन्द नगरपालिका– १ गुरुखोलामा रहेको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग