१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आम मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र र स्थल होस् : प्रमुख आयुक्त थपलिया

२७ पुष २०७७, सोमबार १२:०६

पुस २७, काठमाडौँ | प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिनुभएको छ ।

मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधिमार्फत जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्यमा विशेष चनाखो हुन सुुझाव दिनुुभयो ।

प्रमुुख निर्वाचन आयुुक्त थपलियाले भन्नुुभयो, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त भएकाले यसको पूूर्ण पालना हुुनुुपर्छ ।” निर्वाचनको घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पूरा मतदाताका सम्बन्धमा द्विविधामा नपर्न तथा मतदाता नामावली निर्वाचन व्यवस्थापनको आधारभूत पक्ष भएकाले शुद्ध र त्रुटिरहित तुुल्याउने पाटोमा हेक्का राख्न उहाँले आग्रह गर्नुुभयो ।

मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासँग प्रभावकारी समन्वय गर्न सुुझाव दिँदै  उहाँले जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानूनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन सल्लाह दिनुुभयो । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदाता दर्ता अद्यावधिक, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे जानकारी गराउनुुभएको थियो । सचिव देवकुमारी गुरागाईंको अध्यक्षतामा भएको दुुईदिने प्रशिक्षणमा आयोगका सहसचिव तथा अधिकृतको सहभागिता थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ