३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिमेन्स इनर्जी द्वारा ७ हजार ८०० श्रमिक कटौती गर्ने घोषणा

२० माघ २०७७, मंगलवार ०८:०७

माघ २०,फ्रान्कफर्ट । जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । विश्वभर तिब्र रुपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नु परेको कम्पनीले जनाएको छ । 

दिर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको कम्पनीको भनाई छ । कम्पनीले ग्यास र विद्युत ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारी हटाउने तयारी गरेको छ ।

सिमेन्समा हाल विश्वभर करिब ९० हजार व्यक्ति कार्यरत छन् । प्रस्ताव अनुसार जर्मनीमा तीन हजार, संयुक्तराज्य अमेरिकामा एक हजार ७०० र अन्य स्थानमा कार्यरत तीन हजार १०० व्यक्ति रोजगारी कटौतीमा पर्नेछन् । 

सन् २०२५ को वित्तीय वर्षबाट कटौतीमा पर्ने कर्मचारीहरुमध्ये मुख्यगरी व्यवस्थापन, प्रशासन र बिक्रीतर्फका रहेका छन् ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट