मङ्सिर ३, रियो डी जानेरो । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, रियो डी जानेरो । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 
2026-06-18 12:25 PM
काठमाडौँ - KTM

भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुई पूर्व गभर्नर गिरफ्तार

2016-11-18

मङ्सिर ३, रियो डी जानेरो । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

जनसङ्ख्याका हिसाबले ब्राजिलको दोस्रो ठूलो सहर रियोको यी पूर्व गर्भनरहरुमाथि कैयौँ दिनदेखि घुस लिएको र मतदाताहरुसँग भोट किनेको आरोप लगाइएको छ । 

सन् २००७ देखि २०१४ सम्म दुईपटकसम्म रियो सहरको गभर्नर भएका सेरर्गिओ क्याब्राल फिल्होलाई सन् २०१४मा फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम खेल हुने बेला मरकाना रङ्गशाला मर्मतका बेला अनियमितता गरेको आरोप लगाइएको छ । 

सो भ्रष्टाचार प्रकरणमा उहाँले झन्डै पाँच करोड ८० लाख अमेरिकी डलर बराबरको रकम अनियमितता गरेको एजेन्सिया ब्रासिल समाचार समितिले जनाएको छ । 

क्याब्रालका श्रीमती एड्रिआना एन्केल्मोलाई पनि सोधपुछका लागि रिहासतमा लिइएको बताइएको छ । हुदसन ब्रागा प्रयोजनका प्रमुख का साथै अन्य आठजना कर्मचारीहरुलाई नियन्त्रणमा लिइएको छ । 

यसअघि एक दिन पहिले रियोका पूर्व गभर्नर एन्थोनी गारोटिन्होलाई पनि गिरफ्तार गरिएको थियो । उनलाई बुधबार उच्च रक्तचापको समस्या भएपछि स्थानीय सार्वजनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ । 

एन्थोनीलाई मेयरको निर्वाचनका बेला मतदातासँग भोट किनेको आरोप लगाइएको छ । सन् १९९९ देखि सन् २००२ एन्थोनी रियो सहरको गभर्नर बनेका थिए । रासस÷सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो