११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘भ्यलेन्टाइन डे’मा यती एयरलाइन्सले ल्यायो यस्तो अफर

२७ माघ २०७७, मंगलवार १०:३६

माघ २७, काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र््याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो । आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ । थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ । 

जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । यतीले हाल नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रेम दिवसमा विशेष अफर

प्रेमदिवस ‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर सार्वजनिक गरेको छ । पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ । टिकट भने पुरानै मूल्य अथार्त रु आठ हजार ८४८ तोकिएको छ । अफर अन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा रु एक हजार क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड दिइनेछ । 

पोखरा–सिमरा उडान गरिने 

आन्तरिक उडानमा बजार विस्तारको रणनीतिका साथ अघि बढेको यतीले छिट्टै पोखरा–सिमरा उडान गर्ने भएको छ । व्यापारिक तथा पर्यटकीय गन्तव्यमा उडान विस्तारको योजना बनाएको यतीले आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ । पोखराका पर्यटन व्यवसायी तथा सरोकारवालासँग यतीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहितका पदाधिकारीले यसैसाताभित्र अन्तिम छलफल गरी उडान निर्णय लिइने कम्पनीले जनाएको छ । 

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्दै आएको भए पनि कोभिड महामारीका कारण अहिले उडान स्थगित गरिएको छ । उक्त उडान पनि छिट्टै सञ्चालन गरिने जनाइएको छ । यतीले हाल १४ गन्तव्यमा उडान भर्दै आएको छ । कोभिड महामारीकैबीच गत असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो । यसअघि भदौ १६ बाटै अन्तर्राष्ट्रिय उडान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह