2026-09-25 11:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० लाख नगद धरौटी फिर्ता गरिदिन सरकारसंग म्यानपावर व्यवसायीको माग

वैशाख ५, काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार व्यवसायीले राखेको नगद धरौटी ५० लाख व्यवसायीलाई फिर्ता गर्नुपर्ने बेला आएको बताएका छन्  । व्यवसायीले राखेको धरौटी रकम मध्ये नगद ५० लाख धरौटी रकम व्यवसायीलाई फिर्तागरी वैदेशिक रोजगार व्यवसायीहरुलाई पलायन हुनबाट बचाउन नेपाल सरकारका सम्बन्धित निकायमा अनुरोध गरेका छन् ।

कोरोना महामारीको कारण लकडाउन खुला भएता पनि  वैदेशिक रोजगार व्यवसायीले कार्यलय सन्चालन गर्न कम्तीमा ८-१० महिना लाग्नसक्ने उनले बताए । अधिकांस व्यवसायीले हाल सालै  ब्याजमा खोजेर वृद्धि भएको नगद धरौटी जम्मा गरेको देखिन्छ । 

कोरोना महामारीले गर्दा  कारोबार नै नहुने अवस्थामा कार्यलय भाडा र स्टाफलाई तलब दिन समस्या पर्ने निश्चित छ उनले भने ‘त्यसैले यदि व्यवसायी सस्था यो बीचमा मर्ज हुने अवस्था आएमा सो बमोजिम तोकिएको रकम तोकिएको समयमा जम्मा गर्ने यदि मर्जर नभएको खण्डमा हरेक सस्थाले २ वर्ष भित्र दुई किस्तामा रकम फिर्ता गर्ने गरि व्यवसायीले राखेको नगद धरौटी ५० लाख व्यवसायीलाई फिर्ता गरिदिन अनुरोध गर्दछु ।’

वि. स. २०६२ सालमा इराकमा १२ जना नेपालीहरुको निर्मम हत्या भएको घटनाको कारण उत्तेजित हुलहुज्जतले वैदेशिक रोजगार व्यावसायिको कार्यलयमा आगजनी र तोडफोड गरेको दु:खद घटना सबैलाई थाह भएको विषय हो, उनले भने ‘सो दु:खद घटनाको कारण लामो समय म्यानपावर कार्यलयहरु बन्द भएको थियो । व्यवसायीहरुको कार्यलय संरचना निर्माण गर्न, अफिस भाडा लगायतका व्यवस्थापन गर्न आर्थिक अभाव नहोस् भनी नेपाल सरकारले सबै इजाजत पत्र प्राप्त वैदेशिक रोजगार  व्यवसायीहरुले राखेको नगद धरौटी एक वर्ष भित्र फिर्ता गर्ने गरि व्यवसायीलाई लाई दिएका थिए । साथै समय भित्र सबै व्यवसायीले सो रकम सरकारलाई फिर्ता गरेको थियो ।’

नगद धरौटी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहमतिमा वैदेशिक रोजगार विभागका महानिर्देशकले निर्णय गर्न मिल्ने विषय रहेको भन्दै उनले यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पहल कदमी लिन सुझाव दिएका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाएर गत भदौबाट ६ करोडसम्म पुर्याएको थियो । साथै हाल व्यवसायीले राखेको बैंक ग्यारेन्टी यथावत राख्दै व्यवसायीले नगद स्वरूप राखेको न्युनतम ५० लाख फिर्ता गर्न सरकारसंग उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक