२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रघुजी पन्तविरुद्ध कोमल ओलीद्वारा अदातलमा मुद्दा दाएर

२०७७, २५ फाल्गुन मंगलवार ०६:४३

फागुन २५, काठमाडौँ । राष्ट्रियसभा सदस्य एवम् गायिका कोमल ओलीले नेकपा एमाले नेता रघुजी पन्तविरुद्ध अदालतमा गालिबेज्जतीको मुद्दा दाएर गरेकी छिन् । मंगलबार ओलीले काठमाडौँ जिल्ला अदालतमा पन्त बिरुद्ध मुद्दा दाएर गरेकी हुन् । 

रघुजी पन्तले एक कार्यक्रममा ओलीलाई लिएर टिप्पणी गरेका थिए । उनले नेकपामा २० औं वर्षदेखि विवाह नै नगरी लागेका महिलाहरुले टिकट नपाएको बताउंदै कोमल ओलीले सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद भएको टिप्पणी गरेका थिए ।

पन्तले भनेका छन् ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् ।’

ओलीले आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानीजानी गाली बेइज्जती र चरित्र हत्या गरेको भन्दै मुलुकी अपराध संहित २०७४ को दफा ३०५ (१) (२) कसुर गरेको हुँदा ऐ. दफा ३०५ (३) बमोजिम र बेइज्जतीतर्फ ऐनको दफा ३०६ (१) (२) (क) बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ३०७ (१) बमोजिम सजाय गरी पाउँ भनेर अदालतमा मुद्दा दाएर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !