२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

२०७७, २८ फाल्गुन शुक्रबार ०४:३७

फागुन २८, डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । 

घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले शव परीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमूना काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्या आशङ्कामा अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै तथ्य फेला पार्न नसकेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा हत्याको कुनै कुरा उल्लेख नभएपछि अनुसन्धानमा समस्या भएको प्रहरी अधिकारीको भनाइ छ । 

मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी हुनुहुन्छ । उहाँले विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आउनुभएको थियो । मृतक भट्टराईका दाई उद्धव भट्टराईले घटनाको पूर्ण अनुसन्धान नभएसम्म शव नबुझ्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ