जेठ १५ काठमाडौँ सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ । आर्थिक वर्ष ०७५/७६ को बजेटमा सरकारले कर्मचारीहरुको तलव सुविधा पुनरावलोकनकालागि एक उच्च स्तरिय आयोग गठन गर्ने जनाएको छ । तलब यथावत रहेपनि सरकारी कर्मचारी र शिक्षकको पोशाक भत्ता बढाएर १० हजार पुर्याउने बजेटमा उल्लेख छ ।साथै महंगी भत्ताको रुपमा दिंदै आएको १ हजार रकमलाई बढाएर २ हजार पुर्याउने जनाएको छ । तलव बढाउनुपर्ने माग राख्दै बजेट तयारीको अन्तिम समयसम्म पनि निजामती टे्रड युनियनहरूले सरकारलाई दबाब दिँदै आएका थिए । त्यस्तै कर्मचारीको बिमा १ लाख रुपैयाँबाट २ लाख पुर्याएको छ ।
सरकारले दुई वर्षअघि सरकारी कर्मचारीको तलव बढाएको थियो । त्यतिखेर सरकारले आधारभूत तलवमा २५ प्रतिशतले वृद्धि गरेको थियो ।