चैत १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेको विवाद निर्वाचन आयोगमा पुगेको छ । माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयलाई बैधानिकता नदिन माग गर्दै निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।

उक्त समूहले केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले) को विधि, पद्धति बिपरित बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल नभएको भन्दै उक्त निर्णयलाई बैधता नदिन माग गरिएको छ ।

नेपाल समूहले सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको सूचना बमोजिम पार्टी एकीकरणको सम्भावनाका सम्बन्धमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणा बैठकमा राख्नबाट बञ्चित गरिएको बताएको छ ।

ओलीले कुनै जानकारी नै नदिई बहुमत समेत नभएको बैठकबाट पार्टी विधान विपरीत केन्द्रीय कमिटीका कतिपय पदाधिकारीलाई पदबाट हटाइएको, केहीको जिम्मेवारी हेरफेर गरिएको र केही थप व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको भनी सार्वजनिक भएको कामकाई नेकपा एमालेको विधान विपरीत र अनाधिकृत ठहर गर्दै आयोगलाई लेखेको पत्रमा भनेको छ ।

अनाधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसला विपरीतका कुनैपनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिन आयोगसंग माग गरेका छन् ।

Related News