<p><b>चैत २६, काठमाडौँ । </b>नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।<br></p><p>योसंगै नेपलमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख ७९ हजार एक सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७३ हजार ६ सय ८ पुगेको मन्त्रालयको तथ्यांक छ ।</p><p>मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५४ पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ । </p>
