२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिग्राममा अब हजार जनासम्मले संयुक्त भिडियो संवाद गर्न मिल्ने

२०७८, १७ श्रावण आईतवार १५:५५

साउन १७, वासिङ्टन (रासस/एएनआई) । म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिनेभएको छ । 

भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।

संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढीरहेका बेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको हो । 

कम्पनीले हालै घोषणा गरेको नयाँ सेवानुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो आउने बनाइएको छ ।  

पटकपटकको परीक्षणपछि सार्वजनिक गरिएको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने अरु गृहकार्य भइरहेको पनि कम्पनीले जनाएको छ ।

टेलिग्राममा भएको कुराकानी वा छलफललाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्नसमेत मिल्ने र एक महिनापछि आफैँ डिलिट हुने व्यवस्थासमेत गरिएको छ ।  

भिडियो संवादलाई रेकर्ड गरेर राख्न मिल्ने सेवा पनि रहेको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ