2026-08-29 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सरकारको परिपत्र जुम्लाका स्वास्थ्य संस्थामा कार्यान्वयन हुनसकेन

नन्दराम जैशी | फागुन १०, जुम्ला | सरकारले देशभरका सबै सरकारी स्वास्थ्य निकायको बहिरंग सेवा (ओपीडी) बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र गरेपनि जुम्लामा भने त्यसको हालसम्म कार्यान्वयन हुन सकेको छैन । यसअघि धेरैजसो अस्पतालका ओपीडी बिहान १० देखि दिउसो २ बजेसम्म मात्र सञ्चालन हुने गरेको पाइएपछि सरकारले देशभरका सबै स्वास्थ्य संस्थामा बहिरंग सेवा साँझ ५ बजेसम्म खुल्ला राख्न निर्देशन दिएको थियो । स्वास्थ्य निकायमा पुग्ने व्यक्तिले सहज उपचार पाउन बहिरंग सेवाको समय साँझ ५ बजेसम्म तोकिए पनि तर जुम्लामा भने त्यसको कार्यान्वयन हुन सकेको छैन ।   

करिब दिनभर स्वास्थ्य निकाय खुल्ला हुने भएपछि उपचारका लागि आएका सेवाग्राही उपचार नपाई फर्केर जानुपर्ने अवस्था कम गर्ने उदेश्यले जिल्लाका सबै हेल्थ पोस्ट र प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा परिपत्र जारी गरिएको छ । जिल्ला जनस्वासथ्य कार्यालय जुम्लाका अनुसार स्वास्थ्य संस्थाले सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिए नदिएकोबारे कडाइका साथ अनुमगन गरी तोकिएको समयमा सेवा नदिने स्वास्थ्य संस्थालाइ प्रक्रिया अनुसार कारबाहि गरीने भएको छ ।

तोकिएको समयसम्म सेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखलाई कारवाही गर्न स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको छ । आफू नजिकैको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा तोकिएको समयमा काम नभए स्वास्थ्य मन्त्रालयमा सूचना दिन पनि मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ । मुलुकमा करिब ४ हजार सरकारी स्वास्थ्य संस्थामध्य अन्तरङ सेवा उपलब्ध नभएका तथा १५ शैयाभन्दा कम संख्यामा अन्तरङ सेवा सञ्चालन गरिरहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाको हकमा अनिवार्य रुपले १० देखि ५ बजेसम्म बहिरङ सेवा सञ्चालन गर्नुपर्नेछ ।

बरिष्ठ जनस्वाथ्य अधिकृत बैद्यनाथ झाले भन्नुभयो, जुम्लाका स्वास्थ्य संस्थाहरु सरकारले बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र गरेपछि हामिले जिल्लाका सबै स्वास्थ्य संस्थालाइ निर्देशन गरेका छौ, ढिलो भएपनि त्यसको कार्यान्वयन हुनेछ । केहि नँया कुराको शुरुवात गर्न शुरुमा ढिलो र असजिलो महसुस हुनेभएकाले जिल्लाका स्वास्थ्यकर्मिलाइ पनि समस्या भएको हो, आगामि दिनमा जुम्लाका सबै स्वास्थ्य संस्थाले बिहान १० देखि साँझ ५ बजेसम्म सेवा दिने छन्, उहाले बताउनुभयो ।

सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक र एप्रोन तथा परिचयपत्र लगाएर काम गर्न पनि उहाको सुझाब छ । स्वास्थ्य सेवा ऐनमा उल्लेखित आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्दै बिरामी तथा कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्ने कुराको सुनिश्चित गर्न पनि बरिष्ठ जनस्वाथ्य अधिकृत बैद्यनाथ झाले अनुरोध गर्नुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ