२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

२०७८, २२ श्रावण शुक्रबार १५:२४

साउन २२, काठमाडौँ (रासस)। नेपाली कांग्रेसले कोभिड–१९ को प्रभावका कारण नेपालीका लागि वैदेशिक रोजगार असुरक्षित भएको र सरकारले आवश्यक सहयोग गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त प्रस्तावक र प्रमिला राई तथा रामबहादुर बिष्ट समर्थक रहेको प्रस्तावमा कोभिड–१९बाट सृजित समस्याले वैदेशिक रोजगारमा ज्यान गुमाएका, रोजगारी गुमाएका र स्वदेश फर्किएकाका बारेको विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिएको छ ।

कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई सरकारको तर्फबाट भएको सहयोगको माग गर्न, वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै पनि बेरोजगार भएका व्यक्तिलाई सरकारले के कस्तो राहत र रोजगारीको व्यवस्था गरेको सो बारे पनि छलफल गर्न माग गरिएको छ ।

त्यस्तै रोजगारीका लागि सम्झौता तथा समझदारी भएका मुलुकमा अनुगमन किन नभएको, अब कुनकुन देशसँग अनुगमन र श्रम सम्झौता हुँदैछ, त्यस बारे पनि सरकारसँग आवश्यक सूचना माग गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा रोजगार सेवा केन्द्रको अवस्था कस्तो छ र यसले कसरी काम गरिरहेको छ भन्ने कुराको जानकारीसमेत माग गर्नका लागि छलफल गर्नुपर्ने कारण उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ