2026-07-10 07:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी मन्दिरको सुन चोरी प्रकरण : दुईजना कारागार चलान

 साउन  २२, बैतडी (रासस) । मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ । 

बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई जनालाई  कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।  

कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका  धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटनामा संलग्न रहेका धनबहादुर र केशवरामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।  धनबहादुर र  केशवरामले मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा  मुख्य संलग्न रहेका बताइएको छ ।  

मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीका दशरथचन्द नगरपालिका–४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटीमा रिहा भएका छन् । उनीहरु जनही रु ५० हजार धरौटीमा रिहा भएका हु्न् । 

यस्तै मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका–१ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही रु १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

लटिनाथ मन्दिरमा गत मङ्सिरमा सुन चोरी भएको भए पनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए । मन्दिरको सुन चोरिएको विषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी परेके थियो ।

उजुरीपछि प्रहरीले पौने चार तोला सुनसहित सात जनालाई नियन्त्रणमा लिएको छ । चार जना स्थानीय र तीनजना सुनचाँदी व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान सकेर अदालतमा पेस गरिएको थियो । पक्राउ परेका उनीहरुसँग पौने चार तोला मात्रै सुन फेला परेको भए पनि मन्दिरबाट ९ तोला सुन चोरी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो