३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी विद्यालयले छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि भारतमा ठूलो विवाद !

८ पुष २०७८, बिहीबार ०६:४६

पुस ८, नयाँदिल्ली (एजेन्सी) । दक्षिणी भारतको केरलास्थित एक सरकारी विद्यालयले किशोरी छात्राहरुलाई पाइन्ट लगाउन दिने अनुमति दिएपछि ठूलो विवाद सिर्जना भएको छ । 

बीबीसीका पत्रकारद्वय दिल्लीका गिता पान्डे र केरलाका असरफ पदान्नाले यस विवादास्पद पोशाकबारे यस्तो बताएका छन् । बुधवार बिहान आफ्नो नयाँ पोशाक लगाएर बस स्टपमा बिद्यालय जान बस कुरेर बसेकी श्रींगी सिकेलाई हेर्दै एक अज्ञात महिलाले गरेको टिप्पणीले आफुलाई विशेष महशुस भएको उनले बताएकी छन् । 

बालुस्सेरी स्थित गवर्मेन्ट गल्र्स हाइयर सेकन्डरी स्कूलमा एघार कक्षामा अध्ययनरत सत्र वर्षीया सिकेले बीबीसीसँग भनेकी छन् , “ति महिलाले मलाई निकै स्मार्ट देखिएको बताउँदा मलाई गौरव लाग्यो ।”

तर श्रींगी बिद्यालयमा पुग्दा उनले त्यहाँ केटीहरुले केटाहरुले जस्तै कमिज र पाइन्ट लगाउन पाँइदैनन् भन्दै नयाँ पोशाकको विरोध गरिरहेका प्रदर्शनकारीहरुको भिड देखिन् । तिनीहरुलाई नियन्त्रणमा राख्न प्रहरी समेत पुगिसकेको थियो ।  

प्रदर्शनकारीहरुको माग तिनीहरुलाई परम्परागत खुकुलो पाइन्ट, परम्परागत लामो कुर्ता र वेस्टकोट लगाउनु दिनुपर्ने रहेको छ । 


विद्यालयका प्रिन्सिपल इन्दु आरले अहिले १२ कक्षमा पुगेका छात्राहरुले गतवर्ष आफुहरुलाई पनि पुरुषको जस्तै पोशाक लगाउन अनुमति दिन अनुरोध गरेको बीबीसीलाई बताएकी छन् । 

इन्दु भन्छिन् , “मलाई तिनीहरुको प्रस्ताव मनासिवै लाग्यो । हाम्रा ति छात्राहरु पनि विद्यालय बाहिर विश्वका अन्य स्थानका किशोरीहरुले जस्तै जिन्स र टप नै लगाउँछन् । केरलाको उष्ण मौसमका लागि वेस्टकोट उपयुक्त छैन । त्यसैले शैक्षिक, कर्मचारी एवं अभिभावकहरुसँगको सरसल्लाह पछि नै हामीले यि पोशाकका लागि अनुमति दिएका थियौं । हुन त केहि थोरै अभिभावकले भने आपत्ति जनाएका थिए ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’