2026-06-16 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी विद्यालयले छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि भारतमा ठूलो विवाद !

पुस ८, नयाँदिल्ली (एजेन्सी) । दक्षिणी भारतको केरलास्थित एक सरकारी विद्यालयले किशोरी छात्राहरुलाई पाइन्ट लगाउन दिने अनुमति दिएपछि ठूलो विवाद सिर्जना भएको छ । 

बीबीसीका पत्रकारद्वय दिल्लीका गिता पान्डे र केरलाका असरफ पदान्नाले यस विवादास्पद पोशाकबारे यस्तो बताएका छन् । बुधवार बिहान आफ्नो नयाँ पोशाक लगाएर बस स्टपमा बिद्यालय जान बस कुरेर बसेकी श्रींगी सिकेलाई हेर्दै एक अज्ञात महिलाले गरेको टिप्पणीले आफुलाई विशेष महशुस भएको उनले बताएकी छन् । 

बालुस्सेरी स्थित गवर्मेन्ट गल्र्स हाइयर सेकन्डरी स्कूलमा एघार कक्षामा अध्ययनरत सत्र वर्षीया सिकेले बीबीसीसँग भनेकी छन् , “ति महिलाले मलाई निकै स्मार्ट देखिएको बताउँदा मलाई गौरव लाग्यो ।”

तर श्रींगी बिद्यालयमा पुग्दा उनले त्यहाँ केटीहरुले केटाहरुले जस्तै कमिज र पाइन्ट लगाउन पाँइदैनन् भन्दै नयाँ पोशाकको विरोध गरिरहेका प्रदर्शनकारीहरुको भिड देखिन् । तिनीहरुलाई नियन्त्रणमा राख्न प्रहरी समेत पुगिसकेको थियो ।  

प्रदर्शनकारीहरुको माग तिनीहरुलाई परम्परागत खुकुलो पाइन्ट, परम्परागत लामो कुर्ता र वेस्टकोट लगाउनु दिनुपर्ने रहेको छ । 


विद्यालयका प्रिन्सिपल इन्दु आरले अहिले १२ कक्षमा पुगेका छात्राहरुले गतवर्ष आफुहरुलाई पनि पुरुषको जस्तै पोशाक लगाउन अनुमति दिन अनुरोध गरेको बीबीसीलाई बताएकी छन् । 

इन्दु भन्छिन् , “मलाई तिनीहरुको प्रस्ताव मनासिवै लाग्यो । हाम्रा ति छात्राहरु पनि विद्यालय बाहिर विश्वका अन्य स्थानका किशोरीहरुले जस्तै जिन्स र टप नै लगाउँछन् । केरलाको उष्ण मौसमका लागि वेस्टकोट उपयुक्त छैन । त्यसैले शैक्षिक, कर्मचारी एवं अभिभावकहरुसँगको सरसल्लाह पछि नै हामीले यि पोशाकका लागि अनुमति दिएका थियौं । हुन त केहि थोरै अभिभावकले भने आपत्ति जनाएका थिए ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ