बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित

साझासवाल
1 Min Read

<p>पुस ८, लन्डन (रासस/सिन्ह्वा) | बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् ।यसअघि यहाँ एकै दिनमा ९६ हजारजना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो ।&nbsp;&nbsp;<br></p><p>बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिन जसो सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका छन्&nbsp; ।यहाँका अधिकारीहरुले प्रकोप शुरू भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यसकारण यहाँका कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।</p><p>यहाँ अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ । पछिल्ला हप्ताहरुमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply