कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस १०, काठमाडौँ |</b> नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।<br></p><p>महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनीहरुको निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत ल्याए। सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भएका छन् भने उनीहरुको निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।</p><p>सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरिन्। यसअघि हिजो नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन्। यादव ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् भने निकटम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका थिए।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply