२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसीलाई टुङ्गोमा पुर्याउन गठबन्धनमा छलफल भइरहेको छ: गृहमन्त्री खाँण

२०७८, १० पुष शनिबार १०:०२

पुस १०, काठमाडौँ | गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) लाई टुङ्गोमा पुर्याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताउनुभएको छ । 

गोरखा उद्योग वाणिज्य सङ्घको १६औँ अधिवेशनको उद्घाटन गर्न आउनुभएका उहाँले पत्रकारसँगको भेटमा एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताउनुभयो । 'यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारण लाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो', गृहमन्त्री खाँणले भन्नुभयो, “एमसिसीले हामीले पेस गरेको परियोजनालाई स्वीकृत गरेको हो, यो सम्झौतालाई सदनबाट पारित गर्ने प्रावधान नेपालले राख्यो, त्यहीअनुसार नै यो पास हुनुपर्छ ।”

एमसिसी सम्झौतालाई टुङ्गोमा पुर्याउन सत्तारुढ गठबन्धनले कार्यदल बनाएर छलफल सुरु गरेका छन् । केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको कार्यदल गठन गरेको थियो । फरक प्रसङ्गमा उहाँले निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताउनुभयो । 

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । स्थानीय तह र आम निर्वाचनको पनि चर्चा चलिरहेको उल्लेख गर्दै उहाँले अब हुने तीनै तहका निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो । “आगामी निर्वाचनको सम्पूर्ण तयारी गर्न निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ, सरकारले आयोगले भनेको जसरी नै तयारी र पूर्वतयारी गर्दै जान्छ”, गृहमन्त्री खाँणले भन्नुभयो । निर्वाचनमा सहयोग पुर्याउने सरकारको दायित्व भएको जनाउँदै उहाँले आयोगले ल्याउने प्रस्तावअनुसार सरकारले आफूलाई प्रस्तुत गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु