१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एसका उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने

६ बैशाख २०७९, मंगलवार १४:१९

वैशाख ६, काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी) पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् । 

नेकपा एसले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरेको छ । भ्रष्टाचारमुक्त स्थानीय सरकार बनाउन उक्त प्रावधान राखिएको नेकपा एसले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ । 

भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनिसकेको जनाउँदै घोषणापत्रमा नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्न अभियान सञ्चालन गरिने जनाइएको छ ।  


‘स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघि कुनै कारोवार वा व्यवसाय गरेका रहेछन् र सो व्यवसायको कार्यकारी जिम्मा लिएका रहेछन् भने आफ्नो  कार्यकालभरि आफूलाई सो व्यवसायको कार्यकारी जिम्माबाट अलग भएको घोषणा गर्ने छन्,’ घोषणापत्रमा लेखिएको छ ।

नेकपा एसका जनप्रतिनिधिले आफ्नो कुनै पनि रूपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित नगर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा समेत जनप्रतिनिधिलाई सामेल नगराउने प्रतिवद्धता नेकपा एसले गरेको छ ।

‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन्,’ नेकपा एसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार