दरबारमार्गबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ

साझासवाल
1 Min Read

<p><b>वैशाख ९, काठमाडौँ</b> | काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ छन् ।<br></p><p>प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई दरबारमार्गस्थित होटल मिर्चीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले अरोपीहरुको साथबाट १ थान रेडपाण्डाको छाला बरामद गरेको छ । आरोपीहरुबारे महानगरीय प्रहरी वृत दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply