२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा दुई, विराटनगरमा एक र पोखरामा एक गरी चारजनाले गरे मेयरमा मनोनयन दर्ता

२०७९, ११ बैशाख आईतवार ०६:३१

वैशाख ११, काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । 

राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउन मात्र भएको बताएका छन् । 

उनीपछि स्वतन्त्रतर्फबाट राजन कार्कीले मेयर पदमा मनोनयन दर्ता गराएका छन् । 

प्रदेश १ को विराटनगर महानगरपालिकाको मेयरमा पनि एक जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने माधवराज वाग्ले हुन् । उनी यसअघि सोही महानगरपालिकाको वडा नम्बर–१० का अध्यक्ष थिए । 

यस्तै, पोखरा महानगरपालिकाको मेयर पदमा गणेश पौडेलको पनि मनोनयन दर्ता भएको छ । उनी ‘अटेरी अभियान’मा आबद्ध छन् । पाैडेल लेखक तथा स्तम्भकार पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता