२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित, दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

२०७९, २८ बैशाख बुधबार ०५:१६

वैशाख २८, काठमाडौं | आउँदो  जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने  सरकारको  निर्णय मङ्गलबार  राजपत्रमा  प्रकाशित  भएको छ  ।  सरकारले परीक्षणका रूपमा  आउँदो जेठ  १  गतेदेखि  प्रत्येक  शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय  गरेको थियो  ।

दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

सो ही निर्णय राजपत्रमा प्रकाशित भएको हो  । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे  ९ बजे देखि बेलुका साढे  ५ बजे सम्म हुने छ तर  कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे  ९ बजे देखि  अपराह्न  साढे  ४  बजेसम्म हुने छ  ।

२०७९ सालका लागि निर्धारण गरिएका दशैँ र  तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा  भने तेस्रो दिनदेखि  गृह  मन्त्रालयले निर्धारण गरे अनुसार सेवा  प्रवाह  गराउनुपर्ने राजत्रमा  उल्लेख छ ।

सार्वजनिक समयमा सेवा प्रवाह गर्ने  कर्मचारीले  सट्टा बिदा पाउने छन् । सार्वजनिक  सेवा  प्रवाह  गर्ने  संस्थाहरूमा  अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन,  प्रहरी, विद्युत्, खाने पानी अध्यागमनलगायतका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक