2026-10-15 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीका यी २६ कम्पनीमा नेपाली कामदार पठाउन रोक

पुस ६, काठमाडौं । साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलव भुक्तानी नगर्ने २६ कम्पनीहरुलाई सरकारले ‘ब्ल्याकलिष्ट’ मा राखेको छ ।

साउदीमा नेपाली कामदारले अलपत्र पर्ने क्रम झन बढ्दै गएपछि श्रम तथा रोजगार मन्त्रालयले साउदीमा नेपाली कादारले बढी दुःख पाएका कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीमा नेपाली म्यानपावरले कामदार पठाउन पाउने छैनन् । सरकारले ति कम्पनीमा जान कामदारलाई श्रम स्वीकृति पनि नदिने वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराइले जानकारी दिइन् ।

यसअघि साउदीका २ वटा कम्पनीमात्रै कालोसूचीमा रहेका थिए ।  अहिले यो संख्या बढेर २८ पुगेको छ । साउदीमा पुगेपछि एजेन्टहरुले धेरै कादारलाई जोखिमपूर्ण र अप्ठेरो काममा लगाउने गरेका छन् । कतिले त काम पाएका छैनन् भने कतिलाई अलपत्र छाडेर एजेन्ट भागिरहेको कामदारहरुले बताएका छन् ।

नेपाली म्यानपावरले पनि आफूले पठाएका कामदारको कुनै गुनासो नसुन्ने र उल्टै पिडित कामदारलाई धम्काउने गरेका गुनासो प्रसस्त पाइन्छन । साउदीमा पछिल्लो समयमा कामदारलाई साउदीमा भनेजति तलब नदिने मात्रै होइन, समयमै तलव नदिने ठूलो समस्या रहेको छ ।

अहिले साउदीका खराब कम्पनीमा कार्यरत १ हजारभन्दा बढी नेपाली कामदार अलपत्र भएका छन् । सरकारलाई औपचारिक उद्धारको अपील गरे उनीहरुलाई सरकारले चासोसम्म नदेखाएको उनीहरुको गुनासो छ ।  

यी कम्पनीमा लाग्यो प्रतिवन्ध 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने