१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेखर-गगन समूहको निष्कर्ष : पार्टी केही व्यक्तिको कब्जामा पर्‍यो, अप्ठ्यारोमा पर्नसक्छौं

१३ पुष २०७९, बुधबार ०८:११

पुस १३, काठमाडौँ | नेपाली कांग्रेसका संस्थापनइतर समूहको बैठक पार्टीमा सीमित व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको निष्कर्ष निकालेको छ ।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको भूमिका र पाँचदलीय गठबन्धन टुटेर विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको थियो ।

संसदीय दलको निर्वाचनदेखि अहिले सरकार निर्माण प्रक्रियासम्म भएका परिवेशबारे छलफलमा नेताहरूले आ-आफ्नो धारणा राखेको नेता अर्जुननरसिंह केसीले बताए ।


उनले भने, ‘पार्टीमा संस्थागतभन्दा व्यक्ति र केही समूह हाबी भएर सम्पूर्ण पार्टी सत्तालाई कब्जा गरेको परिणामस्वरूप अहिले परिस्थिति बन्यो भन्ने नै हाम्रो निष्कर्ष रह्यो।’

अब कसरी अगाडि बढ्ने भन्नेबारेमा केही दिनमा फेरि बैठक बसेर छलफल गर्ने उनले बताए । २२ गते बस्ने केन्द्रीय समिति बैठकअघि नै आफूहरू एउटा निचोडमा पुग्ने उनको भनाइ छ ।

उनले भने, ‘सभापतिज्यूले केन्द्रीय कार्यसमितिको त कुरै छाडौँ । पदाधिकारीलाई पनि बाहिर राखेर एकपक्षीय निर्णय हाबी भयो । त्यसैको परिणामस्वरूप अहिले संघदेखि प्रदेशसम्मका सरकार गुम्नुका साथै गठबन्धन टुट्यो ।’

सत्ता समीकरण फेरिएसँगै संस्थापन र इतर समूहबीच एकआपसमा घोचपेच चलिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेपछि कांग्रेस सत्ताबाहिर पुगेको छ ।

गठबन्धनको आडमा पहिलो पार्टी बनेको कांग्रेस प्रचण्डलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिने पक्षमा उभिएपछि अहिले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको छ ।

आजको इतर समूहको छलफलमा उपसभापति धनराज गुरुङ, डा. शेखर कोइराला, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी थिए । इतरसमूहले देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह