२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेखर-गगन समूहको निष्कर्ष : पार्टी केही व्यक्तिको कब्जामा पर्‍यो, अप्ठ्यारोमा पर्नसक्छौं

२०७९, १३ पुष बुधबार ०८:११

पुस १३, काठमाडौँ | नेपाली कांग्रेसका संस्थापनइतर समूहको बैठक पार्टीमा सीमित व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको निष्कर्ष निकालेको छ ।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको भूमिका र पाँचदलीय गठबन्धन टुटेर विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको थियो ।

संसदीय दलको निर्वाचनदेखि अहिले सरकार निर्माण प्रक्रियासम्म भएका परिवेशबारे छलफलमा नेताहरूले आ-आफ्नो धारणा राखेको नेता अर्जुननरसिंह केसीले बताए ।


उनले भने, ‘पार्टीमा संस्थागतभन्दा व्यक्ति र केही समूह हाबी भएर सम्पूर्ण पार्टी सत्तालाई कब्जा गरेको परिणामस्वरूप अहिले परिस्थिति बन्यो भन्ने नै हाम्रो निष्कर्ष रह्यो।’

अब कसरी अगाडि बढ्ने भन्नेबारेमा केही दिनमा फेरि बैठक बसेर छलफल गर्ने उनले बताए । २२ गते बस्ने केन्द्रीय समिति बैठकअघि नै आफूहरू एउटा निचोडमा पुग्ने उनको भनाइ छ ।

उनले भने, ‘सभापतिज्यूले केन्द्रीय कार्यसमितिको त कुरै छाडौँ । पदाधिकारीलाई पनि बाहिर राखेर एकपक्षीय निर्णय हाबी भयो । त्यसैको परिणामस्वरूप अहिले संघदेखि प्रदेशसम्मका सरकार गुम्नुका साथै गठबन्धन टुट्यो ।’

सत्ता समीकरण फेरिएसँगै संस्थापन र इतर समूहबीच एकआपसमा घोचपेच चलिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेपछि कांग्रेस सत्ताबाहिर पुगेको छ ।

गठबन्धनको आडमा पहिलो पार्टी बनेको कांग्रेस प्रचण्डलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिने पक्षमा उभिएपछि अहिले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको छ ।

आजको इतर समूहको छलफलमा उपसभापति धनराज गुरुङ, डा. शेखर कोइराला, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी थिए । इतरसमूहले देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल