2026-07-25 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढानीलकण्ठ स्थित भद्रकाली कृषि सहकारीद्वारा बचतकर्ताको लाखौँ पैसा फिर्ता नगरी ठगि (भिडियो सहित)

भदौ १०, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा खुलेको भद्रकाली कृषि सहकारी संस्थाले बचतकर्तासँग ठूलो रकम अशुली गरेर बर्षौंदेखि रकम फिर्ता नगरी झुलाउदै ठगि गर्दै आएको पाइएको छ । 

बर्तमान बागमती प्रदेश सांसद दिपक निरौला संस्थापक अध्यक्ष रहेको उक्त सहकारी संस्थाका अध्यक्ष हाल बुढानीलकण्ठ ७ नम्वर वडाका वडाध्यक्ष हुन्। त्यस्तै उक्त सहकारीका सचिव रवि खड्का बुढानीलकण्ठ ६ का वडाध्यक्ष हुन् । राजनीतिक तथा स्थानिय निकायकै उच्च पदमा बसेका व्यक्तिहरुले चलाएको सहकारी संस्थाले लामो समयदेखि बचतकर्ताहरुलाई तिर्नुपर्ने दायित्वको रकम फिर्ता नगरी ठगि गरेपछि पीडितहरुले बुढानीलकण्ठ नगरपालिकाका मेयर तथा उपमेयरहरुलाई समेत आफूहरु ठगिएको जानकारी गराएको तर न्यायिक पहल नभएको गुनाशो गरेका छन् । 

माथिको तश्वीरहरुमा: क्रमश भद्रकाली कृषि सहकारी संस्थाका अध्यक्ष हाल बुढानीलकण्ठ ७ नम्वर वडाका वडाध्यक्ष बस नारायण महर्जन र सोहि सहकारीका सचिव राजीव खड्का हाल बुढानीलकण्ठ ६ का वडाध्यक्ष ।

राजनीतिक तथा स्थानिय निकायकै उच्च पदमा बसेका व्यक्तिहरुले चलाएको सहकारी संस्थाले लामो समयदेखि बचतकर्ताहरुलाई तिर्नुपर्ने दायित्वको रकम फिर्ता नगरी ठगि गरेपछि पीडितहरुले बुढानीलकण्ठ नगरपालिकाका मेयर तथा उपमेयरहरुलाई समेत आफूहरु ठगिएको जानकारी गराएको तर न्यायिक पहल नभएको गुनाशो गरेका छन् । 

पीडितहरुले नगरपालिकालाई आफूहरुले सहकारीबाट रकम फिर्ता नपाएको सम्बन्धमा पटकपटक जानकारी गराएको र निवेदन समेत पेश गरेको तर आफ्नै राजनितीक पार्टीको व्यक्ति मुछिएकोको कारण समस्याको समाधान गर्न चासो नदेखाएको बताएका छन् । सहकारीका संस्थापक अध्यक्ष निरौला बागमती प्रदेश सांसद समेत हुन् भने सहकारीका अध्यक्ष महर्जन र सचिव खड्का नेकपा एमालेका नेताहरु र गत वैशाखमा भएको स्थानिय निकाय निर्वाचनबाट बुढानीलकण्ठ नगरपालिका ६ र ७ मा निर्वाचित जनप्रतिनिधि समेत हुन् । 
पीडितहरुले स्थानिय निकायमा पटक-पटक आफूले सहकारीमा राखेको पैसा फिर्ताको लागि धाउँदा समेत दुई बर्षदेखि कतैबाट न्याय नपाएपछि हेटौडा स्थित सहकारी बिभागमा उजुरी दिन पुगेका छन् ।

पछिल्लो समय राजनितिक आड भरोशामा कृषि सहकारी स्थापना गर्ने, चलाउन नसकेको, बिबिध कारण घाटा लागेको वा बचतकर्ताको पैसा फिर्ता गर्न बिबिध कारण कठिनाई भएको प्रतिवेदन पेश गर्ने र राज्यबाटै त्यसबापतको रकम लिनेसम्मको योजनामा काम हुने गरेको आशंका गरिएको छ । बुढानीलकण्ठ स्थित भद्रकाली कृषि सहकारीले समेत यहि योजनामा काम गरेको हुन सक्ने बुझिएको छ । यस सहकारीले बुढानीलकण्ठ नगरपालिकामा दुध डेरी समेत स्थापना गरेको तर घाटा भएर बेचेको बताउने गरेको पाइएको छ । प्रदेश सांसद समेत संस्थापक अध्यक्ष भएको संस्थामा बचतकर्ताहरु लाखौँ रकममा ठगीमा परेको अवस्थामा यस सम्बन्धमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउंदा समेत सम्बन्धित पक्ष ढुक्कले बसेको पाइएको छ । 

यसै सम्बन्धमा साझा सबाल मिडियाको कार्यालय आफ्नो पीडा पोख्न आएका दुई पीडितहरुको भिडियोलाई रिपोर्टको रुपमा तल हेर्न सक्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक